काठमाडौंं । भारतले पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाएको छ । भारत आयल कर्पोरेसन (आईओसी) ले नेपाल आयल निगमलाई तेलको मूल्य पुनः बढाएर पठाएको हो ।
निगमका अनुसार भारतबाट पछिल्लो समय पेट्रोल प्रतिलिटर ५ रुपैयाँ १८ पैसा, डिजेल १० रुपैयाँ १८ पैसा र हवाई इन्धन ७ रुपैयाँ १२ पैसाले बढेर आएको छ ।
नयाँ मूल्य सुची अनुसार समग्रमा निगमलाई आगामी १५ दिनमा करीब ५ अर्ब १९ करोड घाटा हुने स्थिति देखिएको छ ।