बैंक अफ काठमाण्डूको नयाँ शाखा पोखराको पावरहाउसमा

कास्की । बैंक अफ काठमाण्डू (बीओके) ले पोखरा महानगरपालिका-३०, पावरहाउस चोकमा नयाँ शाखा विस्तार गरेको छ ।

पावरहाउस चोकमा पावरहाउस शाखाको उद्घाटन लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष छत्रधर आत्रेय र बैंकका संचालक मोहना लोहनीले संयुक्त रुपमा गरेका हुन् ।

उक्त कार्यक्रममा बैंकका सञ्चालक मोहना लोहनीले ग्राहकहरूको माग र लाभलाई मध्यनजर गर्दै बैंकिङ सेवा गरिएको बताए ।

बैंकले अगामी दिनहरूमा सम्भावित क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले थप शाखाहरु सञ्चालन गर्ने योजना रहेको बैंकले जनाएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स