काठमाडौं । प्रधान सेनापति महारथी प्रभुराम शर्माले आज मिति २०७९ वैशाख १५ गते बारा जिल्ला, अमलेखगञ्जस्थित नेपाली सेनाको प्रतिविद्रोह तथा जंगल वारफेर शिक्षालयको निरीक्षण भ्रमण गरेका छन् ।
निरीक्षणको दौरान प्रधान सेनापति महारथी शर्माले उक्त शिक्षालयको वस्तुस्थिती लगायत विविध पक्षबारे जानकारी लिनु भई शिक्षालयद्वारा तयार गरिएको डेमोन्स्ट्रेशनको अवलोकन, सकलदर्जालाई सम्बोधन तथा श्री प्रतिविद्रोह तथा जंगल वारफेर शिक्षालयको स्मारिका-२०७८ विमोचन समेत गरेका थिए ।
भ्रमणकै क्रममा, प्रधान सेनापति महारथी शर्माले नेपाली सेनाद्वारा, आसन्न स्थानीय तह निर्वाचन-२०७९ को सुरक्षामा केन्द्रित रही बारा जिल्लास्थित महागढीमाई ईलाकामा स्थापना गरेको Company Operating Base (COB) को निरीक्षण गरेका थिए ।
निरीक्षणको क्रममा उनले उक्त (COB) को वस्तुस्थितीलगायत विविध पक्षबारे जानकारी लिई सकलदर्जालाई सम्बोधन गरेका थिए ।