काठमाडौं । साताको अन्तिम दिन सेयर बजारमा गिरावट आएको छ ।
बिहीबार, नेप्से परिसूचक १९.९७ अंकले घटेर २३५६.२० अंक विन्दुमा आइपुगेको छ ।
आज ४५ लाख ७४ हजारको कित्ता सेयर १ अर्ब ४९ करोड ६२ लाखमा खरिद बिक्रि भएको छ ।
त्यस्तै, उपसमूहतर्फ सबैमा राताम्मै देखिएको छ ।
त्यसैगरि, जाल्पा सामुदायिक लघुवित्तमा ९.९९ प्रतिशतको सर्किट लागेको छ ।