नेपालको आर्थिक वृद्धिदर ५.८४ प्रतिशत, अन्य सूचक यस्ता छन्

काठमाडौं । चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ५.८४ प्रतिशत पुग्ने भएको छ । केन्द्रीय तथ्यांक विभागले आज चालु आवको राष्ट्रिय लेखामान अनुमान सार्वजनिक गर्दै नेपालको आर्थिक वृद्धिदर उक्त विन्दुमा रह्ने अनुमान गरेको हो । सरकारले चालुमा ७ प्रतिशत आर्थिक वृद्धि हुने लक्ष्य थियो ।

कोभिड असर अझै रहनु र बैमौसमी वर्षाको कारण कृषि उत्पादन घटको कारणले यसको असर आर्थिक वृद्धिमा देखिएको हो । साथै उत्पादन भन्दा अन्य क्षेत्रमा बैंक तथा वित्तीय संस्थाको कर्जा जाँदा पनि यसको असर अर्थतन्त्रमा परेको छ ।

विभागका महानिर्देशक नेविनलाल श्रेष्ठले नौ महिनाको यथार्थ तथ्यांक र तीन महिनाको अनुमानका आधारमा नयाँ आर्थिक वृद्धि हुने अनुमान गरिएको बताए । एसियाली विकास बैंकले भने चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धि ३.९ प्रतिशत र विश्व बैंकले ३.७ प्रतिशत हासिल हुने अनुमान गरेको छ ।

बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै विभागले अन्तर्राष्ट्रिय पद्धतिअनुसार राष्ट्रिय लेखा अनुमान तयार पारेको जनाएको छ । बाँकी तीन महिनाको अवधिमा कोभिड–१९ लगायत अरू कुनै कारण अर्थतन्त्रमा कुनै असर नपार्ने अनुमानका आधारमा यो लक्ष्य राखिएको विभागले जनाएको छ ।

२०७८/०७९ का प्रमुख आर्थिक सूचकहरु :

चालु मूल्यमा कुल स्थिर पुँजी निर्माण १४ खर्ब २५ अर्ब ८ करोड

चालु मूल्यमा अन्तिम उपभोग खर्च ४४ खर्ब १ अर्ब ६७ करोड

चाल मूल्यमा वस्तु तथा सेवा निर्यात ३ खर्ब २० अर्ब ७१ करोड

चालु मूल्य अनुसार कुल उत्पादन आधारभूत मूल्यमा ७३ खर्ब ५६ अर्ब ६१ करोड

चालु मूल्य अनुसार कुल मध्यवर्ती उपभोग उपभोक्ता मूल्यमा ३२ खर्ब ५१ अर्ब

चालु मूल्य अनुसार कुल गार्हस्थ्य उत्पादन उपभोक्ता मूल्यमा ४८ खर्ब ५१ अर्ब ६३ करोड

चालु मूल्य अनुसार कुल गार्हस्थ्य उत्पादन आधारभूत मूल्यमा ४१ खर्ब ५ अर्ब ५४ करोड

कुल गार्हस्थ्य उत्पादन वृद्धिदर आधारभूत मूल्यमा ५.४९ प्रतिशत

कुल गार्हस्थ्य उत्पादन वृद्धिदर उपभोक्ता मूल्यमा ५.८४ प्रतिशत

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स