नेपालीको प्रतिव्यक्ति आय १ लाख ६४ हजार ५००

काठमाडौं । नेपालीको प्रतिव्यक्ति आय १३७२ डलर पुगेको छ । केन्द्रीय तथ्यांक विभागले चालु आर्थिक वर्षको राष्ट्रिय लेखा अनुमान सार्वजनिक गरेर नेपालीको प्रति व्यक्ति आय १३७२ अमेरिकी डलर पुगेको जानकारी दिएको हो ।
नेपाली मुद्रामा नेपालीको प्रतिव्यक्ति आय १ लाख ६४ हजार ५ सय ९८ रूपैयाँ पुगेको छ ।

चालु आवमा नेपालको अर्थतन्त्रको आकार साढे ४८ खर्ब पुग्ने देखिएको छ । उपभोक्ता मुल्यमा नेपालको जीडीपी ४८ खर्ब ५१ अर्ब ६३ करोड रहेको विभागले जनाएको छ । आधारभूत मूल्यमा भने कुल गार्हस्थ उत्पादन ४१ खर्ब ५ अर्ब ५४ करोड रूपैयाँ पुग्ने अनुमान विभागले गरेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स