बैंकहरूको वितरण योग्य नाफा ६ अर्बले घट्यो, कसको कति ?

चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा वाणिज्य बैंकहरूले २९ अर्ब ४६ करोड ३६ लाख रुपैयाँ वितरण योग्य नाफा कमाएका छन् । देशमा सञ्चालित २७ वटा वाणिज्य बैंकले कमाएको नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५ अर्ब ९६ करोडले कम हो । गत आवको चैत मसान्तसम्म बैंकहरूको वितरण योग्य नाफा ३५ अर्ब ४३ करोड ३३ लाख रुपैयाँ थियो ।

चालु आवको यो अवधिमा ९ वटा वाणिज्य बैंकले वितरण योग्य नाफा बढाएका छन् भने १८ वटा बैंकले यस्तो नाफा घटाएका छन् । चालु आवको यो अवधिमा एभरेष्ट बैंकले सबैभन्दा बढी वितरण योग्य नाफा कमाएको छ । एभरेष्ट बैंकले गएको आवकोभन्दा यो आवका १ अर्ब ७३ करोड रुपैयाँ वितरण योग्य नाफा कमाएको थियो । यस वर्ष भने उक्त बैंकले वितरण योग्य नाफा बढाएर २ अर्ब ७९ करोड पुर्याएको छ ।

यो आवको यो अवधिसम्म नेपाल बैंकले पनि वितरण योग्य नाफा १ अर्ब २२ करोड ७८ लाख रुपैयाँले बढाएर २ अर्ब ७० करोड रुपैयाँ पुर्याएको छ ।

वित्तीय बजारमा राम्रो छवि र गुणस्तरीय व्यवसाय गरेका नबिल, ग्लोबल आईएमई तथा राष्ट्रिय वाणिज्य बैंकको वितरण योग्य नाफा पनि यो अवधिमा घटेको छ । चालु आवको यो अवधिमा नबिल बैंकको नाफा भने घटेको छ । गत आवको यो अवधिमा नबिल बैंकको वितरण योग्य नाफा घटेर २ अर्ब १६ करोड रुपैयाँमा सीमित रहेको छ । नबिल बैंकले गएको आवको यो अवधिमा ३ अर्ब ८० करोड रुपैयाँ वितरण योग्य नाफा कमाएको थियो ।

वितरण योग्य नाफा बढी कमाउने चौथो सूचीमा ग्लोबल आईएमई बैंक परेको छ । बैंकले चालु आवको यो अवधिमा १ अर्ब ९१ करोड ९१ लाख रुपैयाँ वितरण योग्य नाफा कमाएको छ । ग्लोबल आईएमई बैंकले पनि यो यस्तो नाफा ६४ करोड ५४ लाख रुपैयाँले घटाएको छ ।

राष्ट्रिय वाणिज्य बैंकको पनि वितरण योग्य नाफा घटेको छ । यो अवधिमा बैंकको नाफा घटेर १ अर्ब ५० करोड ९० लाख रुपैयाँमा सीमित रहेको छ । यो अवधिमा बैंकको नाफा आधाले घटेको छ ।

वितरण योग्य नाफा घटाउने बैंकको सूचीमा प्राइम, एनएमबि, कृषि विकास बैंक, मेगा, कुमारी, सिटिजन्स, माछापुच्छ्रे«, प्रभु, सानिमा, लक्ष्मी तथा नेपाल बंगलादेश बैंक पनि परेका छन् । हिमालयन र नेपाल इन्भेष्टमेन्ट बैंक, बैंक अफ काठमाडौं र सनराइजको पनि नाफा घटेको छ ।

चालु आवको यो अवधिमा वितरण योग्य नाफा बढाउन बैंकहरूमा नेपाल एसबिआइ, एनआईसी एशिया, स्टाण्डर्ड चाटर्ड, सिद्धार्थ, नेपाल क्रेडिट एण्ड कमर्श, सेन्चुरी र सिभिल बैंक रहेका छन् ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स