सगरमाथा इन्स्योरेन्सको आज लाभांश सुरक्षित गर्ने अन्तिम दिन

काठमाडौं । सगरमाथा इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । इन्स्योरेन्सले साधारण सभामा लाभांश वितरण प्रयोजनार्थ भोलि वैशाख १६ गतेदेखि २८ गतेसम्म बुकक्लोज गर्नेछ । आज बिहीबारसम्म नेपाल स्टक एक्चेजमा कारोबार भइ कायम सेयरधनीहरूले इन्स्योरेन्सको साधारण सभामा सहभागिता जनाउन तथा इन्स्योरेन्सले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् ।

इन्स्योरेन्सले हाल कायम चुक्ता पुँजीको २० प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ १.०५ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको थियो । सोही लाभांश प्रस्ताव पारित गर्न इन्स्योरेन्सले वैशाख २८ गते २५ औँ वार्षिक साधारण सभा डाकेको छ । सो सभा लैनचौर बैङक्वेट लैनचौरमा बिहान १०ः३० बजेदेखि सुरु हुनेछ ।

सभाले कम्पनीको प्रबन्धपत्रको दफा ५.१ मा संशोधन गरी कम्पनीको अधिकृत पुँजी २ अर्बबाट वृद्धि गरि ५ अर्ब कायम गर्ने गर्दै चुक्ता पुँजी एक अर्ब ३३ करोड ३६ लाख रुपैयाँ कायम गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स