रोटरी क्लब अफ गोंगबुमा वर्ष २०२२-२३ को लागि नयाँ बोर्ड चयन

काठमाडौं । रोटरी क्लब अफ गोंगबुले रोटा एयर २०२२-२३ को लागि नयाँ बोर्ड चयन गरेको छ । बोर्डको मंगलबार बसेको बैठकले महेश्वरमान सिंह बस्नेतको अध्यक्षतामा १४ सदस्सीय समिति चयन गरेको हो ।

बोर्डमा निवर्तमान अध्यक्ष सुदिप न्यौपाने, अध्यक्ष इलेक्ट निर्मल प्रसाद न्यौपाने, उपाध्यक्ष हरेराम लामिछाने, अध्यक्ष नोमेनी विकाश पोख्रेल र कोमल पौडेल छन् ।

बोर्डको सचिवमा अनुज श्रेष्ठ, सहसचिव काशीराम बस्याल, कोषध्यक्षमा राजाराम फुँयाल र सहकोषाध्यक्षमा गोमा केसी चयन भएका छन् ।

त्यस्तै क्लब एडमिन चेयर धर्मराज थापा, मेम्बरसिप चेयर विनोद कार्की, पव्लिक इमेज चेयर प्रेम पुन्थोकी, सर्भिस प्रोजेक्ट चेयर मञ्जु पुडासेनी छन् । बैठकले वोर्डको आरटीएफको जिम्मेवारी कविता मानान्धर र सर्जेन्ट एट आर्मको जिम्मेवारी मिना केसीलाई दिएको छ ।

बोर्डको पहिलो बैंठकले रोटा एयर २०२२–२३ मा क्लबलाई थप क्रियाशिल बनाउन कार्ययोजना बनाउने निर्णय गरेको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स