१४ विकास बैंकले कमाए सवा ५ अर्ब नाफा, कुन बैंकको नाफा कति ?

काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा विकास बैंकहरूले नाफा बढाएर ५ अर्ब २० करोड ६१ लाख रुपैयाँ पुर्याएका छन् । विकास बैंकहरूले गत आवको यहि अवधिमा ४ अर्ब ७८ करोड ३६ लाख रुपैयाँ नाफा कमाएका थिए । विकास बैंकहरूले चालु आवको साउनदेखि चैतमसान्तसम्म कमाएको नाफा गत आवको सोही अवधिको भन्दा ८.८३ प्रतिशतले बढी हो ।

तेस्रो त्रैमाससम्म वित्तीय विवरण प्रकाशित गरेका १४ विकास बैंकहरूमध्ये ८ वटा विकास बैंकले नाफा बढेको छ भने ६ वटाले नाफा घटेको छ ।

तेस्रो त्रैमाससम्म सबैभन्दा बढी नाफा मुक्तिनाथ विकास बैंकले कमाएको छ भने सबैभन्दा कम नाफा कर्पोरेट डेभलपमेन्ट बैंकले कमाएको छ । कर्पोरेट विकास बैंकको नाफा ६३.५५ प्रतिशतले घटेको छ भने नारायणी विकास बैंकको नाफा करिब ६० प्रतिशतले घटेको छ ।

अंकका हिसावले बढी नाफा मुक्तिनाथ विकास बैंकले कमाए पनि प्रतिशतका हिसावले भने महालक्ष्मी विकास बैंकको नाफा सबैभन्दा धेरै बढाएको छ । महालक्ष्मी विकास बैंकले चालु आवको यो अवधिमा ७६.९८ प्रतिशतले नाफा बढाएर ५१ करोड ६ लाख रुपैयाँ नाफा पुर्याएको छ ।

ग्रिन डेभलपमेन्ट बैंकको २३.३५ प्रतिशतले नाफा बढेको छ भने सिन्धु विकास बैंकको २१ प्रतिशत र लुम्बीनी विकास बैंकको २०.५० प्रतिशतले नाफा बढेको छ ।

ज्योति विकास बैंकको नाफा १४.४० प्रतिशतले घटेको छ भने कामना सेवा विकास बैंकको नाफा १३.९३ प्रतिशतले घटेको छ । एक्सेल डेभलपमेन्ट बैंकको पनि नाफा १० प्रतिशतभन्दा धेरैले घटेको छ ।

विकास बैंकहरूमा सबैभन्दा धेरै नाफा कमाएको मुक्तिनाथ विकास बैंकले चालु आवको यो अवधिमा १ अर्ब २ करोड रुपैयाँ नाफा कमाएको छ । गरिमा विकास बैंकले ७८ करोड ४६ लाख रुपैयाँ नाफा कमाएर बढी नाफा कमाउने दोस्रो बैंक बनेको छ । त्यस्तै महालक्ष्मी विकास बैंकले ७१ करोड ४२ लाख नाफा आर्जन गरेको छ भने ज्योती विकास बैंकको नाफा घटेपनि बढी नाफा कमाउने बैंकको चौथो सूचीमा परेको छ ।

गत आवकोभन्दा साढे २० प्रतिशत नाफा आर्जन गरेको लुम्बिनी विकास बैंकले ५१ करोड ६ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । कामना सेवा विकास बैंकको नाफा पनि खुम्चिएर ५० करोड ४५ लाखमा सीमित भएको छ ।

सांग्रिला विकास बैंकको नाफा १३.९४ प्रतिशतले वृद्धि भएर ४० करोड ६ लाख रुपैयाँ पुगेको छ । बैंकले गत आवको यो अवधिमा ३५ करोड १६ लाख रुपैयाँ नाफा कमाएको थियो ।साइन रेशुङ्गाको नाफा ८ प्रतिशतले वृद्धि भएर ४८ करोड ४७ लाख रुपैयाँ रहेको छ ।

मितेरी विकास बैंकको नाफा झिनोले घटेर १० करोड ६० लाखमा झरेको छ भने सिन्धु विकास बैंकको नाफा २१ प्रतिशतभन्दा बढीले बढेर ४ करोड ३३ लाख रुस्पैयाँ पुगेको छ । ग्रिन डेभलपमेन्ट बैंकको नाफा पनि २३.३५ प्रतिशतले बढेर ९५ लाख रुपैयाँ पुगेको छ ।

व्यवसाय विस्तारमा पनि मुक्तिनाथ अगाडि

मुक्तिनाथ विकास बैंक व्यवसाय विस्तारमा पनि सबैभन्दा अगाडि देखिएको छ । चैतसम्ममा उसले ९९ अर्ब १ करोड रुपैयाँ निक्षेप संकलन गरी ८७ अर्ब ८५ करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।

खुद ब्याज आम्दानी र सञ्चालन आम्दानीमा पनि मुक्तिनाथ विकास बैंक नै अगाडि छ । बैंकले चैतसम्ममा खुद ब्याज आम्दानी २ अर्ब ४० करोड रुपैयाँ छ भने सञ्चालन आम्दानी २ अर्ब ८३ करोड रुपैयाँ छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स