सरकारले लगायो यी वस्तु आयातमा रोक, कुरकुरेदेखि हिरासम्म ल्याउन नपाउने

काठमाडौं । सरकारले १० वस्तुको आयात असारमसान्तसम्मका लागि बन्देज लगाएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गरेर कुरकुरे, मदिरा, टिभी, ६ सय डलरभन्दा बढी पर्ने मोबाइल, हिरा, २५० सीसीभन्दा माथिको मोटरसाइकल, जीप, कार भ्यान, ३२ इन्चभन्दा माथिको रंगिन टेलिभिजनलगायत १० वस्तुको आयातमा रोक लगाएको हो ।

सरकारले यस्ता वस्तुलाई विलासी उपभोग्य वस्तु भनेर असार मसान्तसम्म आयातमा बन्देज लगाएको हो । आयात बन्देज लगाएको वस्तुहरूमा कुरकुरे, कुरमुरे, लेज र यस्तै उत्पादन, सबै प्रकारका खेलौना, खेल्ने तास, सबै प्रकारका तयारी मदिरा, चुरोट तथा सुर्तीजन्य वस्तु (कच्चा प्रदार्थबाहेक) छन् ।

राजपत्रअनुसार २०७९ वैशाख १३ गतेभन्दा अगाडि बुकिङ माध्यमबाट आयातको प्रक्रिया भएको हकमा यो व्यवस्था लागू हुँदैन । त्यस्तै, नेपालस्थित कुटनीतिक नियोगले आफ्नो प्रयोजनका लागि यी वस्तुहरु आयात गर्न सक्ने जनाइएको छ ।
देशमा विदेशी मुद्रा सञ्चिति घट्दै गएपछि सरकारले निश्चित समयका लागि यी वस्तुमा रोक लगाएको वाणिज्य सचिव गणेश प्रसाद पाण्डेयले बताए । देशको अवस्था हेरेर आगामी आवमा सरकारको निर्देशन अनुसार हाल आयातमा रोक लगाइएका वस्तुको आयातमा विचार गरिने उनको भनाइ छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स