मर्जर तोड्दा हिमालय र इन्भेष्टमेन्ट बैंक राष्ट्र बैंकको कारवाहीमा, सेयर कारोबार र लाभांशमा रोक

काठमाडौं । हिमालयन र नेपाल इन्भेष्टमेन्ट बैंकले मर्जर सम्बन्धी समझादारी तोडेको भन्दै नेपाल राष्ट्र बैंकले दुवै बैंकको आधारभूत सेयरधनीको कारोबार र लाभांश रोक्का गरेको छ । राष्ट्र बैंकले हिमालयन र इन्भेस्टमेन्ट बैंकलाई कारबाही स्वरुप सेयर कारोबार र लाभांशमा रोक लगाएको हो ।

राष्ट्र बैंकले दुबै बैंकलाई जतिसक्दो चाँडा अन्य कुनै वित्तीय संस्थासँग मर्जर जान तथा एक्विजिनश गर्न सुझाएको छ । यदि राष्ट्र बैंकको निर्देशनलाई अटेर गरेमा दुवै यो भन्दा ठूलो कारवाहीमा पर्ने छन् ।

२०७८ वैशाख ३० गते मर्जरमा जाने सहमति गरेका ती दुई बैंक करिब १ वर्षमा पनि मर्जरमा नगएपछि राष्ट्र बैंकले कारबाही स्वरुप दुवै बैंकका आधारभूत सेयरधनीको कारोबार र लाभांश रोक्का गरेको हो । अब दुवै बैंक अर्को बैंकसँग मर्जर वा एक्विजिसनमा जानु पर्ने भएको छ ।

इन्भेष्टमेन्ट बैंक र हिमालयको मर्जर तोडिएपछि केही समय चुप लागेर बसेका बैंकहरू पछिल्लो समय भने नयाँ बैंक तथा वित्तीय संस्था खोज्न थालेका छन् । यी दुवै बैंक पाए अर्को कुनै साना वित्तीय संस्थालाई एक्वायर गर्ने नपाए कुनै ‘क’ वर्गका बैंकलाई आफूसँग मर्जर ल्याउन लविङ पनि थालिरहेको बैंक स्रोतले जानकारी दिएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स