लुम्बिनी प्रदेशमा २२ हजार ४२१ जनाको उम्मेदवारी

रुपन्देही । स्थानीय तह निर्वाचनका लागि लुम्बिनी प्रदेशमा २२ हजार ४२१ उम्मेदवारले मनोनयन दर्ता गराएका छन् ।

निर्वाचन आयोगले आज सार्वजनिक गरेको सूचनाअनुसार स्थानीय तह नगर प्रमुखमा ४०४ जनाले मनोनयन दर्ता गराएका छन् भने उपप्रमुखमा २८५ जनाले दर्ता गराएका छन् ।

गाउँपालिकाको अध्यक्ष पदमा ५४६ र उपाध्यक्ष पदमा ४२० जनाले मनोनयन दर्ता गराएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

वडाध्यक्ष पदमा पाँच हजार १०२ को मनोनयन परेको छ । महिला सदस्यमा तीन हजार ८८६, दलित महिला सदस्यमा तीन हजार ६०३ र सदस्यमा आठ हजार १७५ ले उम्मेदवारी दर्ता गराएको आयोगले जनाएको छ । आयोगको सूचना अनुसार गुल्मी जिल्लामा एक हजार ३२० ले उम्मेदवारी दर्ता गराएका छन् ।

यसैगरी पाल्पामा एक हजार १०८, अर्घाखाँचीमा ८७२ जना र कपिलवस्तुमा तीन हजार ३२ ले उम्मेदवारी दर्ता गराएका छन् । रुकुम पूर्वमा ३९७ जना, रोल्पामा एक हजार १६३ जना, प्युठानमा ९७१, दाङमा दुई हजार ३६२ जना र बाँकेमा दुई हजार ३२७ ले उम्मेदवारी दर्ता गराइका छन् ।

यसैगरी बर्दियामा एक हजार १७५२ जना र नवलपरासी ९बर्दघाट–सुस्ता पश्चिम०मा दुई हजार ३८ ले उम्मेदवारी दर्ता गराएको आयोगले जनाएको छ ।

रुपन्देहीमा पाँच हजार ७४ जनाको मनोनयन

रुपन्देहीका १६ वटा पालिकामा पाँच हजार ७४ ले मनोनयन दर्ता गराएका छन् । एउटा उपमहानगरपालिका र पाँच नगरपालिका रहेको रुपन्देहीको बुटवल उपमहानगरपालिकामा ४७७ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

जिल्ला निर्वाचन अधिकारी अयोध्याप्रसाद भण्डारीका अनुसार तिलोत्तमा नगरपालिकामा ४६५, लुम्बिनी सांस्कृतिक नगरपालिकामा ५६६ जना, देवदह नगरपालिकामा ३५७, सैनामैना नगरपालिकामा २२५ जना, सिद्धार्थनगरपालिकामा ४२५ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

यस्तै सियारी गाउँपालिकामा १९६ जना, शुद्धोधनमा १६२ जना, समरीमाईमा ३१६ जना, ओमसतियामा २२५ जना, रोहिणी गाउँपालिकामा २३७ जना, मायादेवीमा ३१८ जनाको उम्मेदवारी परेको छ ।

मर्चवारीमाईमा २८२ जना, कोटहीमाइमा ३२६ जना, कञ्चनमा १५२ जना, गैडहवामा ३४५ जनाले उम्मेदवारी दिएको निर्वाचन कार्यालयका कम्प्युटर अपरेटर विनोद अधिकारीले जानकारी दिए । निर्वाचन कार्यक्रम अनुसार आज उम्मेदवारको विरोधमा उजुरी लिने कार्यतालिका छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स