हेर्दाहेर्दैमा राखियो गभर्नर अधिकारीको मुद्दा

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको मुद्दा आज हेर्दाहेर्दैमा सकिएको छ । आज न्यायधिश सपना मल्ल प्रधान र टंकबहादुर मोक्तानको इजलाशमा सुनुवाई सुरु भएको मुद्धा अदालतले हेर्दा हेर्दामा राखेको हो । अर्को सुनुवाई बिहीबार हुने भएको छ ।

सरकारले छानविन समिति बनाएर गभर्नरलाई निलम्बन गरेपछि गभर्नर अधिकारीले सर्वोच्च अदालतमा मुद्दा हालेका थिए । आज उक्त मुद्दामाथि छलफल सुरु भएको थियो ।

अल्पकालीन आदेशमा गभर्नरलाई निलम्बन गर्ने निर्णय कार्यान्वयन नगर्नु र काम गर्न नरोक्नु भन्दै सर्वोच्चले अन्तरिम आदेश दिएको थियो । सर्वोच्च अदालतका न्यायाधीश हरि फुयालले अल्पकालीन अन्तरिम आदेश दिँदै वैशाख १३ गते छलफलका लागि दुबै पक्षलाई बोलाएका थिए ।

सरकारले गर्ने काममा असहयोग गरेको भन्दै गत चैत २४ गते बसेको मन्त्रिपरिषद्को बैठकले गभर्नर अधिकारीलाई निलम्बन गरेको थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स