वरिष्ठ पत्रकार नारायण न्यौपानेलाई एक लाख रूपैयाँ सहयोग हस्तानतरण

वासिङटनडिसी । नेपाली पत्रकारहरुको अन्तराष्ट्रिय संस्था इन्जाले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगंन्जमा उपचार गराइरहेका वरिष्ठ पत्रकार नारायण न्यौपानेलाई एक लाख रूपैयाँ सहयोग हस्तानतरण गरेको छ ।

इन्जा एसियाका उपाध्यक्ष समेत रहेका वरिष्ठ पत्रकार न्यौपाने लामो समय देखि राष्ट्रिय समाचार समिति (रासस)मा उपप्रमुख समाचादाताको रुपमा कार्यरत छन् ।

टिचिङ अस्पतालमा उपचार गराइरहेका न्यौपानेलाई उक्त रकम इन्जा ग्लोवलका सचिव दीपक रिजालले हस्तान्तरण गरेका थिए ।

नेपाली पत्रकारहरुको अन्तराष्ट्रिय संस्था इन्जाले विपतमा परेका पत्रकारहरुलाई निरन्तर सहयोग गर्दै आएको इन्जा ग्लोवलका अध्यक्ष गुणराज लुइटेलले जानकारी गराए ।

अध्यक्ष लुइटेलले वरिष्ठ पत्रकार न्यौपानेको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरेका छन् । रकम हस्तन्तरण पछि वरिष्ठ पत्रकार न्यौपानेले इन्जाले आफुलाई सहयोग गरेको धन्यवाद ज्ञापन गरेका थिए । पत्रकार न्यौपाने अझै केही दिन अस्पतालमा नै रहनु पर्ने अस्पताल प्रशासनले जानकारी दिएको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स