एनआईसीको मोबाइल बैकिङ सिष्टममा समस्या, भुक्तानी गर्न नपाउँदा लाखौ ग्राहक अप्ठ्यारोमा

काठमाडौं । आज बिहान ११ बजेदेखि एनआईसी एशिया बैंकको मोबाइल बैकिङ सिष्टममा समस्या आएको छ ।

बैंकको मोबाइल बैकिङ प्रणालीमा समस्या आएपछि लाखौ ग्राहक सेवाबाट बञ्चित भएका छन् भने भुक्तानी गर्न समस्या परेको छ ।

एनआईसी एशियाको मोबाइल बैंकिङ सिष्टममा समस्या आउँदा उक्त बैंकका ग्राहकले खाजा खाएको समेत भुक्तानी गर्न पाएका छैनन् ।

कुपण्डोलस्थित एक रेष्टुराँमा नास्ता खाएर पैसा तिर्न खोज्दा बैंकको मोबाइल बैकिङ सिष्टममा समस्या आएको ती व्यक्तिले हाम्रोअर्थलाई बताए ।

‘खाजा खाएको पैसा समेत भुक्तानी गर्न सकिएन,’ उनले हाम्रोअर्थलाई भने ‘यसरी बैंकको सिष्टम नचल्दा लाखौं व्यक्तिको भुक्तानी हुन सकेको छैन ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स