तोलामा ९ सयले घट्यो सुनको मूल्य, कतिमा कारोबार हुँदैछ ?

काठमाडौं । मंगलबार छापावाल सुनको ९ सय रूपैयाँले घटेको छ ।

सोमबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख २ सय रुपैयाँ कायम भएकोमा आज ९ सय रूपैयाँले घटेर ९९ हजार ३ सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला ९८ हजार ८ सय रुपैयाँ कायम भएको छ ।

त्यसैगरी, सोमबार चाँदीको मूल्य प्रतितोला १३ सय ५० रुपैयाँ कायम भएकोमा आज पनि सोहि मूल्य कायम भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स