सीवाईसी नेपाल लघुवित्तको आइपीओ बिहीबार बाँडफाँड हुने

काठमाडौं । सीवाईसी नेपाल लघुवित्तको आइपीओ बिहीबार बाँडफाँड हुने भएको छ ।

कम्पनीको आइपीओ बाँडफाँड बिक्री प्रबन्धक ग्लोबल आइएमईको कार्यालय नक्साल काठमाडौंमा हुने भएको छ । कम्पनीले बिहीबार बिहान ९ बजे आइपीओ बाँडफाँड गर्ने लागेको हो ।

लघुवित्तको आइपीओमा मागभन्दा ६९.५२ गुणा बढी आवेदन परेकोले गोलाप्रथाबाट आइपीओ बाँडफाँड हुनेछ । जसमा ३६ हजार ९४८ जनाले मात्र सेयर हात पार्नेछन् भने बाँकी २२ लाख ४७ हजार ९०० जनाको भने हात खाली हुनेछ ।

लघुवित्तको आईपीओमा २२ लाख ७७ हजार ७४३ जनाले २ करोड ५६ लाख ८८ हजार ४५० कित्ताका लागि आवेदन दिएका छन् । कुल २ अर्ब ५७ करोड ६१ लाख ९० हजार रुपैयाँ बरारको आवेदन परेको छ ।

कम्पनीले बैशाख २ गतेबाट कुल ३ लाख ९५ हजार ३३६ कित्ता साधारण सेयर निष्काशन खुला गरेको हो । यो मध्ये ५५ अर्थात् १९ हजार ७६६ कित्ता सामुहीक लगानी कोष र ०.५५ अर्थात् ६ हजार ८२ कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ । बाँकी ३ लाख ६९ हजार ४८८ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्ने व्यवस्था थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स