दोर्दीखोला जलविद्युतको आईपीओमा भोलिबाट आवेदन दिन सकिने

काठमाडौं । दोर्दीखोला जलविद्युत कम्पनीले भोलि (बैशाख १३) गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ।

कम्पनीले बैशाख १३ गतेदेखि पहिलो चरण आयोजना प्रभावित स्थानिय बासिन्दाका लागि आईपीओ निष्काशन गर्न लागेको हो ।

कम्पनीले आयोजना प्रभावित लमजुङ जिल्लाको दोर्दी गाउँपालिकाका वासिन्दाहरु ९साविकको भारते, अर्चलबोट, श्रीभन्ज्यांग, नौथर, पाचोक, ढोडेनी, फलेनी, बन्सार, र हिलेटक्सार (१(८ वडा)का स्थानीयलाई आईपीओ निष्काशन गर्न लागेको हो ।

कम्पनीले स्थानीयको लागि १० लाख ५४ हजार २ सय ६० कित्ता शेयर छुट्याएको छ । आवेदन दिंदा स्थानीयले न्युनतम १० कित्ता र अधिकतम १० लाख कित्ताको लागि दिन सक्ने छन् ।

स्थानीयले छिटोमा बैशाख २७ गतेसम्म र सो समयसम्ममा पुरै आवेदन नपरेमा जेठ ११ गतेसम्म आवेदन दिन सक्ने छन् ।

कम्पनीको सेयर निष्कासन तथा विक्री प्रबन्धकका रुपमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।

कम्पनीले लमजुङको दोर्दी गाउँपालिकामा १२ मेगावाट क्षमताको दोर्दी १ जलविद्युत आयोजना निर्माण गरिरहेको छ । आयोजनाले आगामी जेठ १ गतेबाट विजुली सम्पन्न गर्ने लक्ष्य राखेको छ ।

आईपीओ खरीदका लागि सिद्धार्थ बैंक, बेसीशहर शाखा लमजुङ, ग्लोबल आइएमई बैंक, सेराबजार, दोर्दी शाखा, कामना विकास बैंक, बेसीशहर शाखा, लमजुङ, मुक्तिनाथ विकास बैंक, बेसीशहर शाखा, लमजुङ र एनएमबि बैंक, बेसीशहर शाखा, लमजुङबाट आवेदन दिन सकिने व्यवस्था रहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स