रुपन्देही जिल्लाको फर्साटिकरमा सबैको लघुवित्तले दियो ब्यवसायिक तरकारी खेती तालिम

तनँहु । तनहुँको डुम्रेमा केन्द्रीय कार्यालय रहेको सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थाका आफ्ना २७ जना ग्राहक सदस्यहरुको सहभागितामा यही बैशाख ५ गतेदेखि ७ गतेसम्म रुपन्देही जिल्लाको शुद्धोधन गाउँपालिका–४, फर्साटिकरमा ‘ब्यवसायिक तरकारी खेती तालिम’ सम्पन्न गरेको छ ।

संस्थाका नायब महाप्रवन्धक पवन कुमार श्रेष्ठका अनुसार यस तालिममा प्रशिक्षक शिशिर अधिकारी, खेमराज भण्डारी, पवन कुमार श्रेष्ठ, विक्रम उपाध्याय, राम बहादुर आले प्रशिक्षण दिएका थिए ।

करेसाबारीको परिचय, महत्व, तरकारीको नर्सरी बनाउने तरिका, हिउँदे तरकारी खेती प्रविधि, फलवाला तरकारी खेती प्रविधि, लहरे खेती प्रविधि जरे तरकारी खेती प्रविधि, कोसे तरकारी खेती प्रविधि, तरकारी खेतीमा मलखादको प्रयोग, सिंचाई तथा ब्यवस्थापन, साग वाली खेती र बेमौसमी तरकारी खेती प्रविधि, तरकारी वालीमा लाग्ने रोग तथा किराहरुको जानकारी तथा विषादी ब्यवस्थापन, तरकारी वालीमा उचित पोष्ट हार्भेष्ट, बेचबिखन (कसरी मूल्य पार्ने) तथा बजार ब्यवस्थापनबारे सिकाइएको थियो ।

सबैको लघुवत्त वित्तीय संस्था लिमिटेडले प्रदान गरेको सेवाहरु, बचतको महत्व र बचतका प्रकारहरु, ब्यवसायिक स्किमहरु, वित्तीय साक्षरता आदि बारेमा यस तालिममा सहभागीहरुले जानकारी हासिल गरेको संस्थाका नायब महाप्रवन्धक पवन कुमार श्रेष्ठले बताएका थिए ।

संस्थाले पाँच वर्षदेखि निरन्तर लघुवित्त सेवा प्रदान गरी रहेको यस संस्थाबाट कर्जा लिई ब्यवसाय गरी धेरै घरपरिवार आर्थिक समुन्नततिर अगाडि बढेको बारेमा पनि जानकारी गराएका थिए ।

तालिमको दोश्रो दिन तालिममा सहभागीहरुलाई देवदह नगरपालिका—३, सिसपुर स्थित देवदह ग्रिन एग्रो रिसर्च एण्ड रिसोर्स प्रा.लि.को ५ विगाहामा फैलिएको कृषि फार्म तथा देवदह नगरपालिका पाँकरी वृक्ष नजदिकैको बुद्ध एग्रो ग्रुप एण्ड रिसर्च प्रा।लि।का सञ्चालक तथा ब्यवसायिक कृषक सुशिला भट्टराईको सतचालिस कठ्ठामा फैलिएको एग्रीनेट हाउस अवलोकन गरेका थिए । तालिममा सहभागीहरुलाई स्वागत मन्तब्य राम बहादुर आलेले गरेका थिए ।

संस्थाका नयाँमिल मुकाम कार्यालयका सुपरीवेक्षण अधिकृत श्री विक्रम उपाध्याय, कोसेवाली अनुसन्धान केन्द्र, खजुरा, बाँकेका प्रशिक्षक शिशिर अधिकारीले मन्तब्य राखेका थिए । शुद्धोधन गाउँपालिका वडा नम्बर ४ का वडाध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथी राजेन्द्र कँडेलले मन्तब्यको क्रममा ब्यवसायिक रुपमा तरकारी खेती गरेर फाइदा लिन जानकारी गराएका थिए ।

कँडेलले मूल्य कम भएको बेलामा स्थानीय क्षेत्रमा रहेको कोल्डस्टोरमा राख्न र मूल्य बढी भएको बखत कोल्डस्टोरबाट निकालेर विक्री गरी फाइदा लिन सुझाएका थिए साथै सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडले शुद्धोधन गाउँपालिकाका दिदीबहिनीहरुलाई सहभागी गराई तालिम सञ्चालन गरेकोमा संस्थालाई धन्यवाद दिएका थिए ।

तालिमको मूल्याकंन सहभागी संगिता थारु, दिपा सुवेदी अधिकारी, हेमा कुमारी थारु, सरिता थापा सुनारीले मन्तब्य राखेका थिए । ब्यवसायिक रुपमा तरकारी उत्पादन गरेमा तरकारी खेतीबाट मनग्य फाईदा लिन सकिने रहेछ, ब्यवसायिक रुपमा तरकारी खेती गर्नमा यस तालिम फलदायि हुने सहभागीहरुले बताएका थिए । सहभागीहरुले तालिममा सिकेका ज्ञान, सीप ब्यवहारमा उतार्ने प्रतिवद्धता ब्यक्त गरेका थिए ।

संस्थाले ग्राहक सदस्यहरुलाई वित्तीय सेवाहरुका साथसाथै ग्राहक सदस्यहरुको क्षमता अभिवृद्धि गराउन तथा ब्यवसायिक रुपमा ब्यवसाय सञ्चालन गर्न सघाउ पु¥याउन विभिन्न किसिमका सीप विकास तालिम सञ्चालन गरी रहेको छ ।

संस्थाले यस आर्थिक वर्षमा संस्थाका आफ्ना ग्राहक सदस्यहरुलाई विभिन्न किसिमका सीप विकास तालिमहरु सञ्चालन गर्दैं जाने लक्ष्य रहेको बारेमा संस्थाका नायब महाप्रवन्धक पवन कुमार श्रेष्ठले जानकारी गराएका थिए ।

तालिमको अन्त्यमा तालिममा सहभागीहरुलाई प्रमाणपत्र पनि वितरण गरिएको थियो । तालिमको सञ्चालन रुपन्देही जिल्ला स्थित फर्साटिकर शाखाका लेखापाल श्री प्रदेशु चौधरीले गरेका थिए ।

सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडले ७ प्रदेश, ४३ जिल्लाहरुमा ९० शाखा कार्यालयहरु, ५ मुकाम कार्यालय र केन्द्रीय कार्यालय गरी ९६ कार्यालयहरुको सञ्जालहरु मार्फत लघुवित्त सेवा प्रदान गर्दै आईरहेको प्रमुख कार्यकारी अधिकृत केशव प्रसाद पौडेलले बताए ।

संस्थाले ग्रामीण क्षेत्रमा बसोबास गर्ने गरीब, विपन्न परिवारका महिलाहरुलाई समूहमा आवद्ध गराई विना धितोमा कर्जा लगानी गर्नुका साथै सीपमूलक तालिम, वित्तीय साक्षरता तालिम कार्यक्रमहरु सञ्चालन गर्दै ग्राहक सदस्यहरुको आर्थिक, सामाजिक, बौद्धिक विकास गर्दै आई रहेको छ ।

संस्थाले देशको ग्रामीण क्षेत्रलाई प्राथमिकता दिई शाखाहरु स्थापना गरी सदस्यहरुलाई आवश्यकतानुसार लगानी गर्दै आई रहेको छ । संस्थाले २०७८ चैत्र मसान्तसम्ममा ७१ हजार ३ घरधुरीमा सेवा विस्तार गरेको छ । संस्थाले २०७८ चैत्र मसान्तसम्ममा लगानीमा रहेको कर्जा ४ अर्ब ५९ करोड रहेको छ भने ग्राहक सदस्यहरुको १ अरब २५ करोड बचत परिचालन गरेको प्रमुख कार्यकारी पौडेलले बताए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स