निजीको भन्दा सरकारी बैंकको खराब कर्जा बढी, अन्य बैंकको अवस्था यस्तो छ

काठमाडौं । निजी बैंकहरूको भन्दा सरकारी बैंकको खराब कर्जा (एनपीएल) बढी देखिएको छ । देशमा सञ्चालित २७ वटा वाणिज्य बैंकमध्ये करिब पूर्ण रुपमा सरकारी स्वामित्व रहेको राष्ट्रिय वाणिज्य बैंकको खराब कर्जा सबैभन्दा बढी देखिएको छ । ३ प्रतिशतभन्दा बढी खराब कर्जा हुने एकमात्र बैंक राष्ट्रिय वाणिज्य बैंक हो । अन्य ११ बैंकको एनपीएल १ प्रतिशतभन्दा कम रहेको छ ।

अन्य चार बैंकको एनपीएल भने २ प्रतिशतभदा माथि रहेको छ । यसरी २ प्रतिशतभन्दा माथि एनपीएल रहेको बैंकको एक सरकारी बैंक सहित ३ वटा निजी बैंक रहेका छन् । अन्य ११ बैंकको एनपीएल १ र २ प्रतिशतको बीचमा रहेको छ ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमासको तुलनामा तेस्रो त्रैमाससम्म आईपुग्दा ८ वटा बैंकले खराब कर्जा घटाएका छन् भने १७ बैंकको एनपीएल बढेको छ । बाँकी २ बैंकको एनपीएल भने स्थिर रहेको बैंकहरूको वित्तीय विवरणमा उल्लेख गरिएको छ ।

चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म उक्त बैंकको एनपीएल सबैभन्दा बढी अर्थात ३.०७ प्रतिशत रहेको छ । ता कि निजी क्षेत्रबाट सञ्चालित ११ वटा अन्य बैंकको एनपीएल १ प्रतिशतभन्दा कम रहेको छ । राष्ट्रिय वाणिज्य बैंकको एनपीएल दोस्रो त्रैमासकोभन्दा पनि अझ बढेको छ । बैंकको यस्तो कर्जा बढ्नु भनेको ठूलो लगानी जोखिममा पर्नु हो ।

बढी एनपीएल हुने दोस्रो बैंकको सूचीमा पनि सरकारी स्वामित्व कै बैंक कृषि विकास बैंक परेको छ । सरकारी स्वामित्वको कृषि विकास बैंकको यस्तो कर्जा २.३२ प्रतिशत रहेको छ भने नेपाल बैंकको एनपीएल २.०६ प्रतिशत रहेको छ । नेपाल बंगलादेश बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकको एनपीएल क्रमशः २.३० र २.२० प्रतिशत रहेको छ ।

१ देखि २ प्रतिशतको बीचमा एनपीएल रहेका बैंकहरूमध्ये सिटिजन्स बैंकको रहेको छ भने सबैभन्दा कम लक्ष्मी बैंकको रहेको छ । सिटिजन्स बैंकको एनपीएल १.६० प्रतिशत रहेको छ । लक्ष्मी बैंकको यस्तो कर्जा १.०८ प्रतिशत रहेको बैंकहरूले सार्वजनिक गरेको वित्तीय विवरणमा उल्लेख गरिएको छ ।

नेपाल क्रेडिट एण्ड कमर्श, एनएमबि, ग्लोबल आईएमई, बैंक अफ काठमाडौं, सनराइज, प्रभु, नबिल, सिद्धार्थ बैंकको एनपीएल पनि १ र २ प्रतिशतको बीचमा रहेको छ ।

सबैभन्दा कम एनपीएल नेपाल एसबिआई बैंकको रहेको छ भने कम खराब कर्जा हुने बैंकको दोस्रो सूचीमा एभरेष्ट बैंक परेको छ । खराब कर्जा कम हुने बैंकको तेस्रो सूचीमा स्ट्यान्डर्ड चाटर्ड बैंक रहेको छ । बैंकहरूको एनपीएल क्रमशः ०.१४ प्रतिशत, ०.२६ प्रतिशत र ०.३६ प्रतिशत रहेको छ ।

यसैबीच सानिमा बैंकको एनपीएल ०.३८ प्रतिशत, एनआईसी एशिया बैंकको एनपीएल ०.५१ प्रतिशत, मेगाको ०.७२ प्रतिशत रहेको छ । माछापुच्छ्रे  बैंकको एनपीएल ०.८७ प्रतिशत, प्राइम बैंकको एनपीएल ०.९४ प्रतिशत, कुमारीको एनपीएल ०.९६ प्रतिशत, हिमालयन र सिभिल बैंकको एनपीएल ०.९९र ०.९९ प्रतिशत रहेको छ ।

तेस्रो त्रैमाससम्म कुन बैंकको एनपीएल घट्यो, कुनको बढ्यो

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स