गुराँस लाइफ इन्स्योरेन्सको व्यतित बीमालेख नवीकरण गर्दा ३० प्रतिशत व्याज छुट

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्सले बीमालेख नवीकरण गर्दा लाग्ने व्याजमा छुट प्रदान गरेको छ ।

कम्पनीले व्यतित भएका बीमालेखहरुको नविकरण गर्दा ३० प्रतिशत व्याज मिनाहा गर्ने भएको हो ।

समयमा बीमाशुल्क भुक्तानी नगरेको अर्थात अन्तिम बीमाशुल्क भुक्तानी गरेको मितिले २ वर्षभित्र व्यतित भएका बीमालेखमा ३० प्रतिशत व्याज छुट दिन लागेको हो ।

यससँगै बीमितले २०७९ बैशाख ११ गतेदेखि जेठ १० गतेसम्म नवीकरण गराएमा मात्रै उक्त छुट पाउने समेत कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार सन् २०२२ मा परिपक्व हुने बीमालेखमा भने यो छुट सुविधा लागू हुँदैन ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स