काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माको वरिष्ठ आर्थिक सल्लाहकारमा डा. सुरेन्द्रकुमार उप्रेती नियुक्त भएका छन् ।
बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले उप्रेतीलाई वरिष्ठ आर्थिक सल्लाहकारमा नियुक्त गर्ने निर्णय गरेको हो ।
उप्रेतीलाई राज्यमन्त्री सरहको नियुक्ति दिइएकोछ।
त्रिभुवन विश्वविद्यालयका प्राध्यापक डा. उप्रेती कर्णाली प्रदेश मन्त्रिपरिषद्को आर्थिक विज्ञ समेत हुन् ।
यसअघि शर्मा ऊर्जामन्त्री हुँदा डां उप्रेतीले उनलाई सघाएका थिए ।
उप्रेतीले अमेरिकाको क्यालिफोर्नियास्थित टेट्राटेकको तर्फबाट मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को सम्भाव्यता अध्ययनका लागि अर्थविद्का रूपमा पनि काम गरेका छन् ।