काठमाडौं । बाराही हाइड्रोपावर पब्लिक लिमिटेडले आइपीओ निष्काशनको लागि अनुमति मागेको छ ।
कम्पनीले आइपीओ निष्काशनको लागि नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको हो ।
कम्पनीले ७ करोड रुपैयाँ बराबरको आइपीओ निष्काशन गर्न बोर्डमा निवेदन दिएको हो ।
कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ७ लाख कित्ता आइपीओ सर्वसाधारण र स्थानीय बासिन्दाका लागि निष्काशन गर्ने जनाएको छ ।
कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।