भन्सार एजेन्टको परीक्षा वैशाख १७ गते हुने

काठमाडौं । भन्सार एजेन्टको परीक्षा वैशाख १७ गते हुने भएको छ । भन्सार एजेन्टको लिखित परीक्षा वैशाख १७ गते सञ्चालन गर्न निर्वाचन आयोगले अनुमति दिएको हो ।

स्थानीय तह निर्वाचन आचारसंहिता लागू भएको भन्दै निर्वाचन आयोगले भन्सार विभागलाई पत्र पठाउँदै परीक्षा स्थगित गर्न भनेको थियो ।

निर्वाचन आयोगले लोकसेवा आयोगलाई शुक्रबार एक अर्को पत्र लेखी नतिजा प्रकाशनको कार्य निर्वाचन आचारसंहिता २०७८ लागू हुने समय समाप्त भएपछि गर्ने गरी परीक्षा सञ्चालन गर्न लोकसेवा आयोगले सहमति दिएको छ ।

लोकसेवा आयोगको पत्र पाएपछि निर्वाचन आयोगले पनि भन्सार एजेन्ट परीक्षा सञ्चालन गर्न अनुमति दिएको छ ।

संवैधानिक आयोगले सञ्चालन गर्ने परीक्षा रोक्न नमिल्ने भएकाले परीक्षा सञ्चालनको अनुमति दिईएको आयोगले बताएको छ ।

नेपालमा दुई दशकपछि ६६० जना भन्सार एजेन्ट थप गर्न लागेको हो ।

परीक्षामा कुल ९ हजार २३ जना परीक्षार्थी सहभागी हुनेछन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स