रिभर फल्स पावरले निष्काशन गरेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । रिभर फल्स पावर लिमिटेडले निष्काशन गरेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ।

कम्पनीले संखुवासभा जिल्लाको आयोजना प्रभावित बासिन्दाहरुका लागि आईपीओ निष्कासन गरेको हो ।

कम्पनीले प्रतिसेयर १०० अंकित मूल्यका ७ लाख कित्ता साधारण सेयर निष्काशन गरेको हो ।

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकका रुपमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।

निष्कासन बन्द छिटोमा वैशाख ११ गते वा ढिलोमा वैशाख २६ गते हुनेछ । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

आईपीओ निष्कासनका लागि गराएको रेटिंङमा कम्पनीलाई केयर रेटिंङ नेपालले केयर एनपी डबल बी माइनस आईएस रेटिैङ प्रदान गरेको छ ।

कम्पनीले संखुवासभा जिल्लाको धर्मदेवी नगरपालिकामा अवस्थित पिलुवाखोलामा १०.३ मेगावाटको आयोजना निर्माण गरिरहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स