बिन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको आईपीओमा आजदेखि आवेदन दिन सकिने

काठमाडौं । बिन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले आज (वैशाख ११ गते) देखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका वासिन्दाहरूका लागि आईपीओ निष्काशन गर्न लागेको हो।

कम्पनीले प्रतिसेयर १०० अंकित मूल्यका १० लाख कित्ता साधारण सेयर निष्काशन गर्न लागेको हो । कम्पनीले आयोजनाको मुख्य संरचना क्षेत्र भित्र पर्ने लमजुङ जिल्लाको क्व्होलासोथार गाउँपालिकाको वडा नं. ५, ६ र ७ तथा कास्की जिल्लाको मादी गाउँपालिकाको वडा नं. ८ र ९ का स्थानीय बासिन्दाहरूका लागि ७ लाख कित्ता सेयर सुरक्षित गरी बाँकी रहेको ३ लाख कित्ता सेयर लमजुङ जिल्लाको आयोजनाको मुख्य संरचना जोडिएका क्व्होलासोथार गाउँपालिका तथा कास्की जिल्लाको मादी गाउँपालिकाका बाँकी सबै वडाहरूका स्थानिय बासिन्दाहरूका लागि निष्काशन गर्न लागेको हो ।

निष्काशन बन्द छिटोमा बैशाख २५ गते हुनेछ भने ढिलोमा जेठ ९ गते हुनेछ । आईपीओमा सानिमा बैंकको बिरौटा तथा पोखरा शाखा कार्यालय, सिभिल बैंकको मालिङ शाखा कार्यालय, कामना सेवा विकास बैंकको कास्की तथा बेशिसहर शाखा, पोखरा फाइनान्सको पोखरा तथा बेशिसहर शाखा र आयोजनाको कार्यस्थलबाट आवेदन दिन सकिने छ। यसका साथै नेपाल धितोपत्र बोर्डबाट स्वीकृतप्राप्त गरेका सम्पूर्ण सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिने छ ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रवन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले न्यूनतम १० कित्ता सेयर खरिदका लागि आवेदन दिनुपर्ने छ भने अधिकतममा १ लाख कित्ताका लागि आवेदन दिन सक्ने छन् ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स