दरबार स्क्वायरमा हाटबजार सम्पन्न

भक्तपुर । भक्तपुर चेम्बर अफ कमर्सले भक्तपुरमा आयोजना गरेको एकदिने हाटबजार सम्पन्न भएको छ । स्थानीय उत्पादनको प्रवद्र्धन गर्ने उदेश्यले जुजु इभेन्टस्ले भक्तपुर दरबार स्क्वायर परिसरमा सञ्चालन गरेको हाटबजारमा २५ बिक्रीकक्ष राखिएको थियो ।

खाद्य सामग्री, हस्तकला, कृषि उत्पादन, नेपाली लत्ताकपडा आदिका बिक्रीकक्ष राखिएको बजारको नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले उद्घाटन गरेका थिए।

मल्लले स्थानीय उत्पादनको प्रवद्र्धन गर्ने उद्देश्यले तथा आयात प्रतिस्थापन गर्न सकिने किसिमका उत्पादनलाई विशेष प्रथमिकतामा राखेर प्रवद्र्धन गर्नुपर्नेमा उनले जोड दिए ।

कार्यक्रममा भक्तपुर चेम्बर अफ कमर्सका अध्यक्ष न्हुछेरत्न मानन्धरले सबैको सहकार्यबाट स्थानीय उत्पादनको विकासमा सहयोग पुग्ने बताउँदै भक्तपुर चेम्बर अफ कसर्मले जिल्लाका विभिन्न स्थानमा यस प्रकारको हाटबजार सञ्चालनका लागि प्रोत्साहन गर्ने बताए ।

जुजु इभेन्टस्का सुसान्त सुवाल, आसिम वेंजु, कमर्सका केन्द्रीय सदस्य रोशन भोयद्यो, परशुराम दाहाललगायतले हाटबजारले उपभोक्तामा दिने राहत र प्रभावकारिताबारेमा चर्चा गर्नुभएको थियो ।

हाटबजारमा स्थानीय बासिन्दाले अवलोकन गर्नुका साथै सामान सुपथ मूल्यमा खरिद तथा बिक्री गरिएको बताइएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स