३ लाख ३८ हजार स्मार्ट वाच आयात, १५ करोड ३९ लाख राजस्व संकलन

काठमाडौं । विभागका अनुसार चालु आवको चैत मसान्तसम्म तीन लाख ४० हजार स्मार्ट वाच आयात भएको देखिएको छ । विभागले शुक्रबार सार्वजनिक गरेको विवरणानुसार अमेरिकी डलर तिरेर तीन लाख ३८ हजार ९१८ स्मार्ट वाच आयात भएको देखिन्छ ।

ती स्मार्ट वाच आयात गर्दा आयात मूल्यमात्रै ४८ करोड ५८ लाख १५ हजार बराबर छ । त्यसबाट सरकारले राजस्व १५ करोड ३९ लाख ४७ हजार बराबर सङ्कलन गरेको छ ।

६० हजार इन्डक्शन आयात

सरकारले विद्युतीय चुल्हो प्रवद्र्धन गर्ने लक्ष्यका साथ विभिन्न अभियानात्मक कार्यक्रम सञ्चालन गरेपछि चैत मसान्तसम्म कूल ५९ हजार ७०६ वटा विद्युतीय चुल्हो आयात भएका छन् ।

ती इन्डक्शनको लागत मूल्य १२ करोड ३७ लाख २६ हजार बराबर छ ।

ती चुल्हो आयात गर्दा सरकारले एक करोड ७५ लाख १३ हजार बराबरको राजस्व सङ्कलन गरेको छ ।

त्यस्तै जुनसुकै भाडा प्रयोग गर्न सकिने इन्फ्यारेड चुल्हो २१ हजार ६७६ वटा आयात भएको छ ।

ती चुल्होको आयात मूल्य चार करोड ६८ लाख १४ हजार छ ।

त्यस्तै सरकारले ६६ लाख १५ हजार बराबर भन्सार शुल्क सङ्कलन गरेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स