यसरी हेर्नुस् उपकार लघुवित्तको आइपीओ नतिजा

काठमाडौं । उपकार लघुवित्तले निष्कासन गरेको आइपीओ बाँडफाँड भएको छ ।

शुक्रबार बिहान ८ बजे कम्पनीको बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङ हात्तिसारको कार्यलयमा आइपीओ बाँडफाँड भएको हो ।

कम्पनीको सेयरमा मागभन्दा १२४।६४ गुणा बढी आवेदन परेको छ । यसर्थ गोलाप्रथाबाट आइपीओ बाँडफाँड भएको छ । जसमा २३ लाख ५१ हजार ४ सय ६२ जनाले आवेदन दिएकोमा २ हजार ४ सय ६ जनाको आवेदन रद्ध भएको छ ।

त्यसमध्य योग्य रहेका २३ लाख ४९ हजार ५६ आवेदकको गोलाप्रथाबाट सयेर बाँडफाँड गरिएको छ । गोलाप्रथाबाट २२ हजार ११५ जनाले मात्र सेयर हात पारेका छन् भने बाँकी २३ लाख २९९ हजार जनाको भने हात खाली भएको छ । ६ जनाले ११ कित्ता सेयर पाएका छन् ।

प्रकाशन भएपछि आईपीओको नतिजा विभिन्न ४ तरिकाबाट हेर्न सकिने छ । जस अनुसार नेपाल एसबिआई मर्चेन्ट बैंकिंगको वेबसाइट https://nsmbl.com.np/, सिडीएससीको मेरोसेयरको वेबसाइट meroshare.cdsc.com.np/#/login, सिडीएसले आईपीओको लागि संचालन गरेको वेबसाइट iporesult.cdsc.com.np/ बाट र उपकार लघुवित्तको वेबसाइट https://www.ulbsl.com.np/ बाट हेर्न सकिने छ । मेरोसेयरको वेबसाइटबाट आफुले आईपीओमा आवेदन गर्दाको एप्लिकेसन रिपोर्टमा गएर तथा अन्यको हकमा आफ्नो डिम्याट नम्बर हालेर नतिजा हेर्न सकिने छ । केहि घण्टामा आईपीओको नतिजा हेर्न सकिने क्यापिटलले जनाएको छ । मेरोसेयरमा भने केहि ढिलो मात्र नतिजा उपलब्ध हुने छ ।

कम्पनीले प्रति सेयर १०० अंकित दरका २ करोड ३६ लाख २५ हजार रुपैयाँ बराबरको २ लाख ३६ हजार २ सय ५० कित्ता आइपीओ निष्काशन गरेको हो ।

निष्काशन गरिने कुल सेयरमध्ये ०.५ प्रतिशत अर्थात् ३ हजार २ सय ८१ कित्ता सेयर कर्मचारीहरुको लागि छुट्याईएको छ भने ५ प्रतिशत अर्थात् ११ हजार ८ सय १३ कित्ता सेयर सामुहिक लगानी कोषहरुको लागि बाँडफाँड गरिएको छ ।

बाँकी रहेको २ लाख २१ हजार १ सय ५६ कित्ताको लागि सर्वसाधारणले आवेदन दिएका हुन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स