काठमाडौं । उपकार लघुवित्तले निष्कासन गरेको आइपीओ बाँडफाँड भएको छ ।
शुक्रबार बिहान ८ बजे कम्पनीको बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङ हात्तिसारको कार्यलयमा आइपीओ बाँडफाँड भएको हो ।
कम्पनीको सेयरमा मागभन्दा १२४.६४ गुणा बढी आवेदन परेको छ । यसर्थ गोलाप्रथाबाट आइपीओ बाँडफाँड भएको छ । जसमा २३ लाख ५१ हजार ४ सय ६२ जनाले आवेदन दिएकोमा २ हजार ४ सय ६ जनाको आवेदन रद्ध भएको छ ।
त्यसमध्य योग्य रहेका २३ लाख ४९ हजार ५६ आवेदकको गोलाप्रथाबाट सयेर बाँडफाँड गरिएको छ । गोलाप्रथाबाट २२ हजार ११५ जनाले मात्र सेयर हात पारेका छन् भने बाँकी २३ लाख २९९ हजार जनाको भने हात खाली भएको छ । ६ जनाले ११ कित्ता सेयर पाएका छन् ।
कम्पनीले प्रति सेयर १०० अंकित दरका २ करोड ३६ लाख २५ हजार रुपैयाँ बराबरको २ लाख ३६ हजार २ सय ५० कित्ता आइपीओ निष्काशन गरेको हो ।
निष्काशन गरिने कुल सेयरमध्ये ०.५ प्रतिशत अर्थात् ३ हजार २ सय ८१ कित्ता सेयर कर्मचारीहरुको लागि छुट्याईएको छ भने ५ प्रतिशत अर्थात् ११ हजार ८ सय १३ कित्ता सेयर सामुहिक लगानी कोषहरुको लागि बाँडफाँड गरिएको छ ।
बाँकी रहेको २ लाख २१ हजार १ सय ५६ कित्ताको लागि सर्वसाधारणले आवेदन दिएका हुन् ।