सगरमाथा अक्सिजन प्लान्ट विस्फोटमा परि मृत्यु हुने भारतीय नागरिक

काठमाडौं । ललितपुरस्थित सगरमाथा अक्सिजन प्लान्टमा विस्फोटमा परि मृत्यु हुने भारतीय नागरिक रहेको पुष्टि भएको छ ।

अक्सिजन ग्याँस भर्ने क्रममा ट्यांक बिस्फोट हुँदा भारत बिहारका ४५ वर्षीय बृजमोहन महतोको मृत्यु भएको हो ।

दुर्घटनामा ६ जना घाइते भएका छन् । घाइते हुने अधिकांश भारतीय नागरिक रहेको प्रहरीले जनाएको छ ।

एकजना मजदुरको अवस्था गम्भीर रहेको र उनको ग्वार्कोस्थित बिएन्डबी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

सरकाले प्राविधिकसहितको टोलीले घटनाको छानबिन गर्ने बताएको छ ।

सरकारले ज्यान गुमाएका परिवारलाई क्षतिपूर्ति र घाइतेहरूको निःशुल्क उपचार गर्ने बताएको छ ।

घटना बिहान १० बजेको आसपासमा भएको थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स