क्यान इन्फोटेक २०२२ को शुभारम्भ, सञ्चार तथा सूचना प्रविधि मन्त्रीद्वारा उद्घाटन

काठमाडौं । सूचना तथा संचार प्रविधि र मनोरञ्जन सम्बन्धी देशको एकमात्र प्रदर्शनी क्यान इन्फोटेकको २७ औं संस्करण काठमाडौंको भृकुटीमण्डपमा शुरु भएको छ ।

समुद्घाटन समारोहमा सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले ईन्टरनेटमा करको दर पुनरावलोकन लगायत क्यान महासंघ लगायतका निजि क्षेत्रबाट उठाएका मुद्धाहरु, हाम्रो विगतको अनुभव, विगतमा हामिले तयार पारेका नितिहरु तथा समय अनुरुप बदलिएको सोच अनुरुप सुचना तथा संचार प्रविधि निति ल्याउने गरी कार्य गरिरहेको बताउँदै क्यान इन्फोटेकको २७ औं संस्करणमा स्टार्टअप र इन्नोभेशनलाई पनि प्राथमिकतामा राखेर हुंदै गरेकोमा खुशी ब्यक्त गरेका थिए ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्वनाथ पौडेलले सुचना तथा संचार प्रविधिले विकासको निम्ति ड्राईभरको काम गर्न सक्ने तथा यसको प्रयोगबाट व्यापार गर्ने लागत घटाउन मद्दत पुग्ने र राष्ट्रिय योजना आयोगले सोहि अनुरुप नै कार्य गरिराखेको कुरा राखेका थिए।

नास्टका उपकुलपति डा. सुनिलबाबु श्रेष्ठले क्यान इन्फोटेकले मुलुकलाई समृद्ध बनाउन नेपालमा रहेका प्रविधिहरुको उपलब्धताको बारेमा जानकारी दिने र सोहि कारण नास्टले क्यानसंग सहकार्य गरिरहेको बताए ।

सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा भएका नौलो प्रविधिहरूको प्रदर्शन गर्ने उद्देश्यसहित प्रदर्शनी आयोजना गरिएको क्यान महासंघका अध्यक्ष नवराज कुँवरले जानकारी दिए ।

कोभिड-१९ का कारण पटक/पटक स्थगित भएर संचालन हुनै लाग्न थालेको क्यान इन्फोटेकको २७ औं संस्करण आज बैसाख ७ देखि १२ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा ६ दिन आयोजना हुन गैरहेको छ ।

सूचना तथा संचार प्रविधि र मनोरञ्जन सम्बन्धी देशको एकमात्र तथा सबैभन्दा ठुलो प्रदर्शनीको यो २७ औं संस्करणको शिर्ष प्रायोजन आइएमइ पेले गरेको छ भने सह-प्रायोजक एससिटी स्मार्ट क्युआर युनियन पे रहेको छ ।

विगतका वर्षहरुमा साधारणतया पुस/माघ/फाल्गुण महिनामा आयोजना भइरहेको क्यान इन्फोटेक, करीब ३ महिना ढीला गरी आयोजना हुंदैछ । यसको आयोजनाले सन १९९५ मा इन्फोटेकको पहिलो संस्करण शुरु गर्दै गरेको अवस्थामा परिकल्पना गरिएका उद्देश्यहरु पुरा गर्न तथा देशमा सुचना तथा संचार प्रविधिको विस्तार, प्रयोग तथा ठोस विकासमा सहयोग पुग्नेछ भन्ने अपेक्षा क्यान महासंघले लिएको छ ।

यो संस्करणको प्लाटिनम प्रायोजक – वर्ल्डलिंक कम्युनिकेसन, डायमण्ड प्रायोजक -डिस होम फाइवरनेट, गोल्ड प्रायोजकमा – जेनेरेसन नेक्स्ट र नेपाल क्लियरिङ हाउस लिमिटेड, सिल्भर प्रायोजकमा – नमस्ते पे, डिजिकम, एस-पावर बिपिइ, ब्रोडवे इन्फोसिस, हुवावे टेक्नोलोजी र टेकमिन्ट रहेका छन् ।

त्यसैगरी इन्नोभेसन पार्टनर सफ्टवेरिका कलेज, एकाडेमिक पार्टनरको रुपमा सनवे कलेज, लजिस्टिक पार्टनरमा एक्सल्याब इकमर्स पार्टनर सोचेको डट कम र डिजिटल डिस्प्ले पार्टनरको रुपमा अल्ट्रा एल.इ.डि. रहेका छन ।

क्यान इन्फोटेकको यो संस्करणमा मार्फत विश्वव्यापी रुपमा सहभागिता हुनसक्ने गरि भर्चुअल प्रदर्शनी समेतको ब्यबस्था गरिएको छ । उक्त भर्चुअल प्रदर्शनीको निम्ति मण्डला सिस्टमले भर्चुअल एक्जिविसन पार्टनरको रुपमा क्यान महासंघसंग सहकार्य गरेको छ ।

त्यसैगरी प्रदर्शनीमा गुणस्तरीय खाना तथा नास्ताको प्रवन्ध गर्न रेबानसँग सहकार्य गरिएको छ । यसैगरी प्रदर्शनीको अफिसियल बैंकको रुपमा ग्लोबल आइएमई बैंक, अफिसियल इन्स्युरेन्सको रुपमा आइएमई जनरल ईन्स्युरेन्स रहेका छन् ।

क्यान इन्फोटेकमा सिसिटिभि सर्भेलेन्स पार्टनरको रुपमा टेक वर्ल्ड डिस्ट्रिब्युसन, सोसिएल पार्टनरको रुपमा रुटीन अफ ईडुकेसन, एस एम एस पार्टनरको रुपमा स्पारो एस एम एस संग सहकार्य गरिएको छ ।

ईन्फोटेकलाई नेपाल सरकार सञ्चार तथा सुचना प्रविधी मन्त्रालय, सुचना प्रविधी विभाग, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल दुरसञ्चार प्राधिकरण, नेपाल बैंक लिमिटेड, नेपाल विज्ञान तथा प्रविधी प्रज्ञा प्रतिष्ठान, नेपाल चेम्बर अफ कमर्स, नेपाल उद्योग परिसंघ, सुविसु केवलनेट, भायानेट, रोबोटिक्स एसोसियसन अफ नेपाल लगायत अन्तराष्ट्रिय संस्था विट्सा असोसियोको प्रत्यक्षरअप्रत्यक्ष रुपमा सहयोग एवं समर्थन रहेको छ ।

क्यान इन्फोटेक २०२२ मा १७० स्टलहरु विभिन्न खण्डमा रहेका छन् जसमा ब्राण्डिङ, फिन्टेक, स्टार्टअप र इन्नोभेशन, आइसिटी एक्सेसरिज तथा प्रडक्ट लञ्चिङ मुख्य खण्ड रहेका छन् ।

ब्राण्डिङ खण्डमा क्यान महासंघका सदस्य संस्थाहरुका साथै विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय सूचना तथा सञ्चार प्रविधिसम्बन्धी ४८ वटा कम्पनी एवं उत्पादनहरुको सहभागिता रहेको छ।

फिन्टेक खण्डमा नेपालमा रहेका बैंक तथा बित्तिय एवं सम्बन्धित १२ वटा संस्थाहरुको सुचना तथा संचार प्रविधिको प्रयोगले प्रवाह हुने सेवा तथा यस सम्बन्धि उत्पादनहरु रहेका छन् ।

स्टार्टअप र इन्नोभेशन खण्डमा २६ वटा स्टार्टअप र इन्नोभेशनसँग सम्बन्धित व्यक्ति वा संस्थाले आफ्ना नयाँ प्रडक्टहरु र आइडिया को प्रदर्शनी गर्दै छन् ।

इन्नोभेशनका निम्ति क्यान महासंघले नेपाल विज्ञान तथा प्रविधी प्रज्ञा प्रतिष्ठानसंग सहकार्य गरेको छ भने स्टार्टअपका निम्ति निम्ति क्यान महासंघले सार्वजनिक सुचना निकालेरै सम्बन्धित व्यक्ति वा संस्थालाई सहभागि हुन आह्वान गरेर प्राप्त आवेदनहरुबाट छनौट गरिएको थियो ।

साथै, नेपाल विज्ञान तथा प्रविधी प्रज्ञा प्रतिष्ठानको मोबाईल कम्प्युटल ल्याब पनि यो इनफोटेकमा आकर्षणको केन्द्र हुने हामिले अपेक्षा गरेका छौं ।

स्टार्टअप र इन्नोभेशन खण्डमा सहभागिता जनाएका सहभागीहरुलाई क्यान इन्फोटेकमा बिभिन्न सुबिधाहरु र उत्कृष्टलाई पुरस्कृत गर्ने क्यान महासंघको योजना रहेको छ ।

सूचना तथा संचार प्रविधिका क्षेत्रमा भएका नयाँ तथा इन्नोभेटिभ आइडियाहरुको प्रवद्र्धन गर्ने आफ्नो योजनाअनुरुप क्यान महासंघले स्टार्टअप र इन्नोभेशनलाई बिशेष प्राथमिकतामा राखेको हो ।

सूचनाप्रविधि सम्बन्धि अध्ययन एवं कार्य गरिरहेका विद्यार्थीहरुको क्षमता विकास गर्नु, उनीहरुको आइडियालाई प्लाटफर्म प्रदान गर्नु, इन्नोभेटिभ आइडियालाई ब्यबसायमा बदल्न मद्दत गर्नु र व्यावहारपयोगी शिक्षामा योगदान गर्नु पनि यसको उद्देश्य हो ।

आइसिटी एक्सेसरिज तथा प्रडक्ट लञ्चिङ खण्डमा ६५ वटा स्टलहरु मार्फत व्यवसायीहरूले व्यापार विस्तारका साथै नयाँ–नयाँ प्रविधिको प्रदर्शनी गर्दैछन भने यस खण्डमा अवलोकनकर्ताले एकै थलोमा सूचना तथा सञ्चार प्रविधिका नौला र भविष्यका निम्ति प्रविधिहरु र उपकरणको अवलोकन तथा खरिद गर्न पाउनेछन् ।

यस बाहेक क्यान इन्फोटेक २०२२ मा रोबोटिक्स, इमर्जिङ टेक्नोलोजि, वाइफाइ तथा इण्टरनेट लगायतका कुराहरु रहनुका साथै व्यवसायीहरूले सफ्टवेयरहरु, नेटवर्किङ र क्लाउड सोल्युशन, इलेक्ट्रिकल तथा इलेक्ट्रोनिक्स, सेक्युरिटि सोल्युशन, सोलार पावर सिष्टम, इन्भर्टर, युपीएस, ल्यापटप तथा डेस्कटप कम्प्युटर, प्रिण्टर, पावर सिष्टम, कम्प्युटर एक्सेसरिज, एण्टिभाइरस सफ्टवेयर, बैंकिङ सोल्युशन, सीसीटीभी र हार्ड डिस्क जस्ता उत्पादनहरु प्रदर्शनी तथा विक्रिमा राखेका छन् ।

त्यसैगरी, आर्टीफिसियल ईन्टेलिजेन्स सम्बन्धि जानकारी, आईटी कलेज, बैंक, बीमा तथा लेखासम्बन्धी सफ्टवेयर, सरकारी क्षेत्रमा प्रयोगमा आएका तथा आउने सफ्टवेयर र सोलुसन्स, सेल्फ लर्निङ सफट्वेयर तथा ट्युटोरियल आदि पनि प्रर्दशनीमा रहेका छन् ।

प्रर्दशनीमा टिकटक प्याभिलिअन, अम्ब्रेला स्ट्रिट रहनुका साथै यो प्रर्दशनी सुचना प्रविधि सम्बन्धि चासो राख्नेहरुको लागि यस क्षेत्रमा भएका विकास तथा प्रयोगका बारेमा जानकारि लिने थलो पनि हुने बिश्वास पनि हामीले लिएका छौं ।

२ वर्ष अगाडि सम्पन्न क्यान इन्फोटेकको २६ औं संस्करण करिब साढे ३ लाख जनाले अवलोकन गरेकोमा यो संस्करणमा पनि करिब सोहि संख्याको सेरोफेरोमा अवलोकनकर्ता आउने हामीले अपेक्षा गरेका छौं ।

यस पटकको इन्फोटेक पेपरलेस एवं क्यासलेस प्रवेश टिकट को ब्यबस्था गरिएको छ, जसमा प्रवेश शुल्क जम्मा १ रूपैयाँ मात्र तोकिएको छ भने उक्त प्रवेश टिकटलाई फिन्टेक कम्पनी आइएमई पेले व्यवस्थापन गरेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स