सेञ्चुरी कमर्सियल बैंकको नयाँ शाखा जोरपाटी माकलवारीमा

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले गोकर्णेश्र नगरपालिका वडा नं. ८ जोरपाटी माकलवारीमा बैशाख ७ गतेदेखि नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।

बैंकका संचालक समिति सदस्य मनबहादुर राईले माकलवारी शाखाको समुद्घाटन गरी सेवा शुभारम्भ गरेको हो । उक्त कार्यक्रममा बैंकका अध्यक्ष राजेशकुमार श्रेष्ठ, सञ्चालक प्रा.डा. गीता प्रधान, बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज न्यौपाने लगायत बैंक उच्च व्यवस्थापन समूह, स्थानीयबासीहरुको उपस्थिति रहेको थियो । माकलवारी शाखा संचालनमा आएपछि उपत्यका भित्र बैंकको शाखा संख्या २७ पुगेको छ ।

देशका सुगम तथा दुर्गम क्षेत्रसम्म सेवा विस्तार गर्ने उद्देश्यकासाथ बैंकले देशका विभिन्न स्थानहरुमा शाखा, शाखारहित बैंकिङ तथा एक्सटेन्सन काउण्टरहरु संचालनमा ल्याई बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

बैंकको कुल शाखा संख्या १३० पुगेको छ भने बैंकले १० एक्सटेन्सन काउण्टर २४ शाखारहित बैंकिङ र ११३ वटा एटिएम मार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स