काठमाडौं । साताको चौंथो दिन सेयर बजारमा गिरावट आएकोृ छ ।
बुधबार नेप्से परिसूचक ३६.७३ अंकले घटेर २३२०.५१ अंक विन्दुमा आइपुगेको छ ।
आज ३५ लाख ७० हजारको कित्ता सेयर १ अर्ब ४५ करोड ८७ लाखमा खरिद बिक्रि भएको छ ।
त्यस्तै, उपसमूहतर्फ सबैमा राताम्मैं देखिएको छ । आज ९ वटा कम्पनीको सेयर मूल्य बढ्दा १८३ वटाको घटेको छ भने ३ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।
त्यसैगरि, जाल्पा सामुदायिक लघुवित्त र ग्रीन भेन्चर्स कम्पनीमा ९.९९ प्रतिशतको सकरात्मक सर्किट लागेको छ ।