राष्ट्र बैंकमा अधिकारीको रि-इन्ट्री, कर्मचारीद्वारा भव्य स्वागत

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी बुधबारदेखि काममा फर्किएका छन् ।
सर्वोच्च अदालतले निलम्बन कार्यान्वयन नगर्ने अल्पकालीन अन्तरिम आदेश दिएसँगै गभर्नर अधिकारी नियमित काममा फर्किएका हुन् । बुधबार बिहान सर्वोच्च अदालतको आदेश बोकेर अधिकारी राष्ट्र बैंक प्रवेश गरेका हुन् ।

बालुवाटार स्थित राष्ट्र बैंकको केन्द्रिय कार्यालयमा सम्पूर्ण कर्मचारीले अधिकारीलाई स्वागत गरे । उनको सम्मानमा सबै कर्मचारीले एकैपल्ट ताली बजाएका थिए । तालीको गडगडाहटले बालुवाटार गुञ्जयमान भएको थियो ।

निलम्बन जस्तो काम व्यत्तिमाथि नभएर स्वायत्त संस्थामाथिको आक्रमण रहेको उनको भनाइ छ ।

‘सरकारले व्यक्तिमाथि आक्रमण गरेको होइन, स्वायत्तता प्राप्त संस्थाविरुद्ध आक्रमण गरेपछि अदालत जान बाध्य हुनु परेको हो, अदालतले स्वायत्तता जोगायो,’ उनले भने ।

सर्वोच्च अदालतले हिजो (मंगलबार) गभर्नर अधिकारीलाई तत्काल निलम्बन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । न्यायधिश हरिप्रसाद फुयालको एकल इजलाशले उनीमाथि छानविन गर्नको लागि छानविन समिति गठन गर्नुको कारण माग गर्दै अन्तरिम आदेश जारी गरेको हो ।

गत चैत २४ गते मन्त्रिपरिषदको बैठकले गभर्नर अधिकारीमा कार्यक्षमताको अभाव भएको भन्दै जाँचबुझ गर्ने निर्णय गरेपछि उक्त निर्णय उत्पे्रषणको आदेशले बदर गर्दै गर्भनरको रुपमा काम गर्न नरोक्ने माग अन्तरिक आदेश जारी गर्न माग गर्दै गर्दै अधिकारीले सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए ।

मन्त्रिपरिषदको बैठकले गर्भनरमाथी छानबिन गर्ने निर्णय गरेपछि राष्ट्र बैंक ऐन २०५८ को दफा २२ को उपदफा ४ अनुसार अधिकारीलाई निलम्बन गरेको थियो ।

महाप्रसाद अधिकारीले हिजो सर्वोच्चमा रिट दायर गरेका थिए । सरकारले आफूमाथि गैरकानूनी तरिकाले छानविन समिति गठन गरेर निलम्बन गरेको भन्दै उनी सर्वोच्च अदालत गएका हुन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स