एनएमबिको प्रति सेयर आम्दानी बढ्यो

काठमाडौं । एनएमबि बैंकको खुद नाफा बढेको छ । चालु आवको पहिलो ९ महिनामा बैंकको खुद नाफा ४ करोड रुपैयाँले बढेको हो । चैत मसान्तसम्म बैंकले २ अर्ब ७१ करोड रूपैयाँ खुद मुनाफा गरेको छ ।

गत आवको चैत मसान्तसम्म बैंकले २ अर्ब ६७ करोड ६८ लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो ।

बैंकको सञ्चालन मुनाफा ३ अर्ब ६१ करोडबाट बढेर ३ अर्ब ७८ करोड ५३ लाख रुपैयाँ कायम भएको छ ।

खुद ब्याज आम्दानी ४ अर्ब ३० करोड ९० लाखबाट बढेर ४ अर्ब ४२ करोड ७२ लाख रुपैयाँ पुगेको छ ।

बैंकसँग वितरणयोग्य नाफा १ अर्ब ३२ करोड ८९ लाख रुपैयाँ छ ।

९ महिनामा बैंकले २७ अर्बको कर्जा विस्तार गरेर १ खर्ब ५१ अर्ब १ करोड रूपैयाँ पुर्‍याएको छ । यसबीचमा निक्षेप साढे २० अर्बले बढेर १ खर्ब ८४ अर्ब ९३ करोड रुपैयाँ कायम भएको वित्तीय विवरणले देखाउँछ ।

१८ अर्ब ३६ करोड ६७ लाख रुपैयाँ चुक्तापुँजी भएको ग्लोबलले रिर्जभमा २७ करोड रूपैयाँ थपेर ५ अर्ब ३७ करोड ८१ लाख रुपैयाँ राखेको छ ।

नाफा बढेपछि बैंकको चैत मसान्तसम्म बैंकको प्रतिसेयर आम्दानी १८।३४ रूपैयाँबाट बढेर १९।३५ रुपैयाँ कायम भएको छ । यस्तै प्रतिसेयर नेटवर्थ भने करिब ३ रूपैयाँले घटेर १४२।२१ रुपैयाँ पुगेको बैंकले जनाएको छ ।

बैंकको खराब कर्जाको दर १।४६ प्रतिशत मात्र छ । यसअवधिमा बैंकको बेसरेट बढेर ८।९६ प्रतिशत कायम हुँदा ब्याजदर स्प्रेड ३।३७ बाट बढेर ३।५४ प्रतिशत पुगेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स