४३ करोडले घट्यो लक्ष्मी बैंकको नाफा

काठमाडौं । लक्ष्मी बैंकको खुद नाफा घटेको छ । बैंकले सार्वजनिक गरेको अपरिष्कृत तेस्रो त्रैमासिक वित्तीय विवरण अनुसार खुद नाफा ३३.३१ प्रतिशतले घटेको छ ।

चालु आर्थिक वर्षको चैत मसान्तसम्म बैंकले ८५ करोड ८९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत आवको सोही अवधिमिा बैंकको खुद मुनाफा १ अर्ब २८ कारोड ८० लाख रुपैयाँ रहेको थियो । बैंकको नाफा ४२ करोड ९१ लाख रुपैयाँले गिरावट आएको छ ।

सञ्चालन मुनाफा घट्दा त्यसको प्रभाव बैंकको नाफामा देखिएको हो । समीक्षा अवधिमा बैंकको सञ्चालक मुनाफा ३०.१५ प्रतिशतले घटेको छ । ब्याज आम्दानी भने ८.६३ प्रतिशतले बढेको छ ।

बैंकको ईपीएस ६.१५ रुपैयाँले घटेर ९.९१ रुपैयाँ आएको छ ।

बैंकसँग वितरण योग्य नाफा ६५ करोड ८९ करोड रुपैयाँ रहेको छ । गत चैतमा वितरण योग्य नाफा ८४ करोड १६ लाख रुपैयाँ रहेको थियो ।

बैंकको निक्षेप १८.०३ प्रतिशतले बढ्दा कर्जा २२.५४ प्रतिशतले वृद्धि भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स