हिमालयन बैंकको नाफा ८ प्रतिशतले बढ्यो

काठमाडौं । हिमालयन बैंकको खुद नाफा बढेको छ । बैंकले प्रकाशित गरेको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार खुद नाफा बढेको देखिएको हो । गत आवको पहिलो ९ महिनाको तुलनामा चालु आवमा बैंकको खुद नाफा ८.११ प्रतिशतले बढेको छ ।

चालु आवको चैतमसान्तसम्म बैंकले १ अर्ब ३९ करोड १५ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत चैतमा बैंकको नाफा १ अर्ब २८ करोड ७१ लाख रुपैयाँ थियो ।

ब्याज आम्दानी र सञ्चालन मुनाफामा भएको वृद्धि बैंकको नाफामा झल्किएको हो । तेस्रो त्रैमासमा बैंकको ब्याज आम्दानी २४.०१ प्रतिशत र सञ्चालन मुनाफा २६.०६ प्रतिशतले बढेको छ ।

बैंकको प्रतिसेयर आम्दानी १.७५ रुपैयाँले घटेर १४.३१ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १६१.९६ रुपैयाँ छ ।

चालु आवमा बैंकको निक्षेप १७.२३ प्रतिशत र कर्जा प्रवाह १९.३३ प्रतिशतले वृद्धि भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स