२२ लाख ७७ हजारले भरे सीवाईसी नेपाल लघुवित्तको आईपीओ

काठमाडौं । सीवाईसी नेपाल लघुवित्तको आईपीओमा २२ लाख ७७ हजार ७४३ जनाले २ करोड ५६ लाख ८८ हजार ४५० कित्ताका लागि आवेदन दिएका छन् । आईपीओमा आवेदन दिने अन्तिम दिन आज (मंगलबार) दुई अर्ब ५६ करोड ८८ लाख ४५ हजार रुपैयाँ बराबरको आवेदन परेको सिडिएस एण्ड क्यिरिङले जानकारी दिएको छ ।

यो आवेदन सर्वसाधारणबाट माग गरिएको भन्दा ६९.५२ गुणा बढी हो ।

कम्पनीले बैशाख २ गतेबाट कुल ३ लाख ९५ हजार ३३६ कित्ता साधारण सेयर निष्काशन खुला गरेको हो । यो मध्ये ५५ अर्थात् १९ हजार ७६६ कित्ता सामुहीक लगानी कोष र ०.५५ अर्थात् ६ हजार ८२ कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ । बाँकी ३ लाख ६९ हजार ४८८ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्ने व्यवस्था थियो ।

ग्लोबल आइएमई क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स