नयाँबस्ती युवा क्लबलाई ३ लाख जरिवाना

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले ‘बी’ डिभिजनमा रहेको नयाँबस्ती युवा क्लबलाई ३ लाख जरिवाना गरेको छ ।

सातदोबाटोस्थित एन्फा मुख्यालयमा एन्फा लिग कमिटीको बैठकले बी डिभिजन लिग खेलमा अनुशासनहिन कार्य गरेको भन्दै नयाँबस्तीलाई जरिवाना गरिएको हो ।

सहिद स्मारक बी डिभिजन लिग फुटबल प्रतियोगिताअन्र्तगत गत चैत २६ गते भएको खेलमा नयाँबस्ती युवा क्लब मध्यपुर युथ एशोसिएशनसँग ३-१ गोलअन्तरले पराजित भएपछि नयाँबस्तीले अभद्र व्यवहार गरेका कारण एन्फाले कारबाही गरेको हो ।

त्यतिबेला मध्यपुरसँग पराजित भएपछि क्लबका पदाधिकारीले प्लेयर बक्स तोडफोड गरेका थिए । सो जरिवानासँगै एन्फाले क्लबका अफिसियल, व्यवस्थापक र खेलाडीलाई पनि प्रतिबन्ध लगाएको छ ।

अफिशियल श्रीबहादुर योगीलाई दुई वर्षसम्म एन्फाले गर्ने कुनै पनि फुटबल गतिविधिमा भाग लिन नपाउने गरी निलम्बन गरेको छ ।

एन्फाले क्लबका व्यवस्थापक विकास राईलाई ६ महिना तथा खेलाडी मनोज राईलाई एक वर्षको प्रतिबन्ध लगाएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स