दुई लघुवित्तले आईपीओ निष्कासनका लागि मागे अनुमति

काठमाडौं । नेपाल धितोपत्र बोर्डमा अभियान लघुवित्त वित्तीय संस्था र आत्मनिर्भर लघुवित्त वित्तीयले आईपीओ निष्कासनका लागि आवेदन दिएको छ ।

आत्मनिर्भर लघुवित्तले २ लाख ३ हजार ३८० कित्ता आईपीओ निष्कासन गर्नका लागि आवेदन दिएको हो । कम्पनीले चैत्र २१ गते बोर्डमा आवेदन दिएको हो ।

कम्पनीको सेयर निष्कासन तथा विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।

त्यस्तै, अभियान लघुवित्तले ९ लाख ७५ हजार कित्ता आईपीओ निष्कासन गर्नका लागि आवेदन दिएको हो । कम्पनीले चैत्र ३० गते बोर्डमा आवेदन दिएको हो ।

कम्पनीको सेयर निष्कासन तथा विक्री प्रबन्धकमा मुक्तिानाथ क्यापिटल लिमिटेड रहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स