काठमाडौं । प्रि-ओपन सेसनमा ग्रीन भेन्चर्स लिमिटेडको सेयर कारोबार सुचारु भएको छ । आज प्रि-ओपन सेसनमा कम्पनीको पहिलो कारोबार २७१.१ रुपैयाँमा भएको हो ।
नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि ९१.८६ रुपैयाँदेखि २७५.५८ रुपैयाँसम्मको रेन्ज तोकेको थियो ।
यस रेन्जको बीचमा रहेको जुनसुकै मूल्यबाट कारोबार सुरु हुन सक्ने व्यवस्था रहेकोमा पहिलो कारोबार २७१.१ रुपैयाँमा भएको हो ।
नेप्सेले पहिलो कारोबारको लागि कम्पनीको नेटवर्थको ३ गुणासम्मको रेन्ज तोकेको छ ।
कम्पनीको सेयर बैशाख ४ गते नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको थियो।