ट्याक्सी किन्दा अनिवार्य विद्युतीय ट्याक्सी किन्नुपर्ने

काठमाडौं । वागमती प्रदेशमा विद्युतीय ट्याक्सीको मापदण्ड लागु भएको छ ।

प्रदेश सरकारले साधारण ट्याक्सी र विशेष (डिलक्स) ट्याक्सीमा वर्गीकरण गरी दुई किसिममा बिजुली ट्याक्सी चलाउने गरी मापदण्ड ल्याएको हो ।

प्रदेश सरकारले ‘सार्वजनिक यात्रुवाहक ट्याक्सी सेवाको गुणस्तर, संचालन तथा व्यवस्थापन सम्बन्धी मापदण्ड–२०७८’ जारी गरेको हो ।

मापदण्डअनुसार २० वर्ष पुगेका काठमाडौं उपत्यकाभित्र चल्ने ट्याक्सीको सट्टा नयाँ ट्याक्सी किन्दा विद्युतीय लिनुपर्ने भएको छ ।

विद्युतीय ट्याक्सीको मापदण्डमा साधारण र विशेष गरी २ थरी ब्यवस्था गरिएको छ । साधारण ट्याक्सी ५ सिट क्षमताको हुनु पर्नेछ भने विशेष ट्याक्सी ५ वा ७ सिट क्षमताको हुनसक्ने छ ।

२० वर्षअघि नै कसैले ट्याक्सीको सट्टा दर्ता गर्न चाहेमा कम्तीमा ट्याक्सीको उत्पादन अवधि १५ वर्ष पुगेको हुनुपर्नेछ ।

यस्ता ट्याक्सीको न्यूनतम रेन्ज २१० किलोमिटर हाराहारी हुनु पर्नेछ ।

यस्तो छ मापदण्ड :

[embeddoc url=”https://hamroartha.com/wp-content/uploads/2022/04/taxi-mapdhanda.pdf” cache=”off”]

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स