४१.७७ अंकले घट्यो नेप्से

काठमाडौं । नेप्से ४१.७७ अंकले घटेर २३४३.८७ विन्दुमा आईपुगेको छ । सोमबार क वर्गका कम्पनीको सूचक जनाउने सेन्सेन्टिभ इन्डेक्स ६.८२ अंकले घटेर ४४४.१५ विन्दुमा आईपुगेको छ ।

आज २२९ कम्पनीको सेयर ३१ हजार ८२५ पटक कारोबार भएको छ । ३८ लाख ७६ हजार ३०२ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब ५३ करोड रुपैयाँको कारोबार भएको छ ।

कारोबार भएका १३ उपसमूह घटेर राता भएका छन् । निर्जीवन बीमा उपसमूहले सर्वाधिक ३४२.३७ अंक गुमाएको छ ।

नेष्डो समृद्ध सामूदायिक लघुवित्तको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

एनएआएन इन्फ्रास्क्टर एण्ड डेभलपमेन्टको सेयर मूल्य ८.३३ प्रतिशतले घटेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स