हिमालयन हाइड्रोपावरले आईपीओ निष्काशन गर्ने

काठमाडौं । हिमालयन हाइड्रोपावर लिमिटेडले आईपीओ निष्काशनको अनुमति पाएको छ । कम्पनीलाई वैशाख ४ गते आईपीओ निष्काशनको लागि नेपाल धितोपत्र बोर्डले अनुमति दिएको हो ।

कम्पनीको सेयर निष्काशनको लागि ग्लोबल आईएमई क्यापिटल बिक्रि प्रबन्धकको रुपमा रहेको छ।

बोर्डबाट अनुमति पाएसँगै कम्पनीले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणलाई गरि कुल २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता आईपीओ निष्काशन गर्ने छ ।

कम्पनीले कास्कीमा ११.८८ मेगावाटको नामर्जुन मादी आयोजना निर्माण सम्पन्न गरि विजुली उत्पदन गरिरहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स