बैंक अफ काठमाण्डूको नयाँ शाखा झापाको काँकरभिट्टामा

काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले नयाँ शाखा कार्यालयको बिस्तार गरेको छ । बैंकले झापाको काँकरभिट्टामा नयाँ शाखाको शुभारम्भ गरेको हो ।

उक्त शाखा कार्यालयको एक कार्यक्रमका बीच मेचीनगर नगरपालिकाका प्रमुख बिमल आचार्य र बैंकका संचालक विजय कुमार श्रेष्ठले संयुक्त रुपमा उद्घाटन गरेका हुन ।

बिस्तारित शाखा कार्यालय मार्फत बैंकले दिदै आइरहेको सम्पुर्ण सेवा स्विधा सहज र सरल रुपमा प्रदान गर्ने बैंकले जनाएको छ ।

शाखा उद्घाटन समारोहमा मेचीनगर नगरपालिकाका उम प्रमुख मिना पोखरेल उप्रेती, सोही नगरपालिका वडा न ६ का वडा अध्यक्ष ललित बहादुर तामाङ तथा मेची उद्योग वाणिज्य संघ धुलाबारीका अध्यक्ष ऋषीराज तिम्सीनाको उपस्थित रहेको थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स