२०७९ को पहिलो कारोबार राताम्मै

काठमाडौं । नव वर्ष २०७९ को पहिलो कारोबार राताम्मै देखिएको छ । आइतबार नेप्से २९.६ अंकले घटेर २३८५.६४ विन्दुमा आइपुगेको छ । क वर्गका कम्पनीको सूचक जनाउने सेन्सेटिभ इन्डेक्स ५.१२ अंकले घटेर ४५०.९७ विन्दुमा ओर्लिएको छ ।

आज २३३ कम्पनीको सेयर २९ हजार ४४ पटक करोबार भएको छ । ३४ लाख ७ हजार कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब ४४ करोड रुपैयाँको कारोबार भएको छ ।

सबै उपसमूहहरु घटेर राता भएका छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स