डिश होमद्वारा विद्यार्थीहरुलाई शैक्षिक सामग्री सहितको झोला वितरण

काठमाडौं । डिश मिडिया नेटवर्क लिमिटेड (डिश होम) ले सामाजिक उत्तरदायित्व अन्तर्गत श्री वालकल्याण आधरभुत विद्यालयमा वैशाख ३ गते एक कार्यक्रमका बिच उक्त विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामग्री सहित को झोला वितरण गरेको छ।

११० जना विद्यार्थी रहेको उक्त विद्यालयका विद्यार्थीहरुलाई डिश होमका एरिया सेल्स मेनेजर प्रदिप सुबेदीले शैक्षिक सामग्री सहित को झोला वितरण गरेका हुन् ।

डिश होम को उक्त कार्यक्रममा येक्येवाद्दता जनाउँदै नयन बचत तथा ऋण सहकारी सस्थाका अध्यक्ष टिकाराम सापकोटाले सहकारीको तर्फबाट वाटर डिस्पेन्सर,पानि को जार, डस्टविन, लगायत अन्य सामाग्रीहरु विद्यालयका प्रधानाध्यापक विष्णुहरि अधिकारीलार्इ हस्तान्तरण गरिएको छ।

उक्त कार्यक्रम मा विद्यालय व्यवस्थापन समिति का अध्यक्ष विनोद नेपाली, डिसहोम का एरिया सेल्स मेनेजर प्रदिप सुबेदी, सेल्स अफिसर बिमल मान थापा, खेमराज देवकोटा, सहकारीका प्रतिनिधिहरु, विध्यलायाका शिक्षकहरु, अभिभावक र विद्यार्थीहरु को उपस्थित रहेको थियो।

उक्त कार्यक्रमलाई सम्वोधन गर्दै प्रदिप सुबेदीले डिश होमले देशैभरि विद्यार्थीहरुको उज्वल भविष्य को लागि निरन्तर उत्तरदायित्व बहन गर्दै आइरहेको जानकारी गराए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स