दुग्ध उत्पादक किसानलाई नगद अनुदान

तनहुँ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँले दुग्ध उत्पादक किसानलाई नगद अनुदान वितरण गर्न शुरु गरेको छ ।

साना दुग्ध व्यवसायी किसानलाई प्रतिलिटर दुई रुपैया ५० पैसा र ठूलालाई बढीमा एकमुष्ट आठ लाख ७५ रुपैयाँका दरले अनुदान वितरण गर्न शुरु गरेको हो ।

यस वर्ष ११ दुग्ध सहकारी मार्फत पहिलो चौमासिकमा रकम निकासा गरिएको सो कार्यालयले जनाएको छ । गतवर्ष ४५ लाख अनुदान रकम वितरण गरेकोमा यस वर्ष बजेट कटौती भएर आएको कार्यालयका प्रमुख डा.बालकृष्ण श्रेष्ठले जानकारी दिए ।

जिल्लाका ११ दुग्ध सहकारी मार्फत अनुदान वितरण कार्य थालेको र असार १५ भित्र निवेदन आएकालाई अनुदान प्रदान गरिने उनले बताए ।

दुग्ध उत्पादक किसानलाई प्रोत्साहन गर्न उत्पादनको आधारमा अनुदान कार्यक्रम ल्याएको कार्यालयका प्रमुख डा. श्रेष्ठले जानकारी दिए । किसानलाई प्रोत्साहन गर्न दुधमा प्रतिलिटर अनुदान कार्यक्रम लागु गरेपछि जिल्ला दुधमा आत्मनिर्भर बनेको उनले बताए ।

जिल्लामा वार्षिक तीन हजार आठ सय मेट्रिक टन दूध उत्पादन हुँदै आएकोले बाह्य जिल्लामा समेत निर्यात हुन थालेको छ । प्रतिवर्ष प्रतिव्यक्ति ९१ लिटर दुध आवश्यक पर्ने भएपनि अहिले प्रतिव्यक्ति ११७ लिटर प्रति व्यक्ति क्षमता पुगेको छ ।

त्यसैगरी मासु ४६६ मेट्रिक टन, अण्डा दुई करोड ६० लाख वटा,दूध तीन हजार आठ सय मेट्रिक टन वार्षिक उत्पादन हुँदै आएको उनले बताए ।

मासुमा जिल्ला आत्मनिर्भर भैसकेको छ भने बाह्य जिल्लामा निर्यातको प्रयास भैरहेको छ । अण्डा पनि बाह्य जिल्लामा निर्यात हुन थालेको कार्यालय प्रमुख डा.श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स